घोराही, ११ माघ । दीपशिखा आवासीय माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता तथा पूर्व विद्यार्थी एवम् हाडजोर्नि तथा नशा रोग विशेषज्ञ डाक्टर गोपाल सागर डिसीकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएकाे थियाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गोपाल सागर डिसीले आफु अध्ययन गरेकै विद्यालयको महत्वपूर्ण कार्यक्रमको प्रमुख अतिथि बन्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

विशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल कुमार न्यौपानेले निजी विद्यालयहरुको पछिल्लो शिक्षण सिकाई पद्धती बदलिएको र आफुहरु गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध रहेकाे बताउनुभयो । यसैगरी अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले दीपशिखाले विगतदेखिनै सक्षम विद्यार्थीहरु उत्पादन गरिरहेकोमा प्रशंसा गर्दै समय सापेक्ष ढंगबाट विद्यालय अगाडी बढ्न सकेमा शिक्षा क्षेत्रमा यसको अगुवाई कायम रहिरहने बताउनुभयो ।
वार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, अभिभावक तथा हिमा पुरस्कारका संस्थापक केशव दिपक न्यौपाने, अभिभावक निशान्त आचार्य, पूर्व विद्यार्थीहरु अधिवक्ता निकेशकुमार लम्साल, डिई विवश बाबु सदादेवले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे। यसैगरी, पुरस्कार संस्थापक प्रतिनिधि आँखा रोग विशेषज्ञ डाक्टर विनिता केसी, सिए अभ्यास बुढाथोकी, प्राकृतिक चिकित्सक डा. लोकराज पराजुली, प्रेस काउन्सिल नेपालका पुर्व सदस्य शरद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा विद्यालयका प्रिन्सिपल मनोज बुढाथोकीले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका संस्थापक तथा शेयर सदस्य राम थापाकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन पूर्व प्रिन्सिपल धनबहादुर बिसी, शिक्षकहरु मधु बुढाथोकी, अशोक भुसाल र रेखा शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस