Oplus_131072

घाेराही, ७ फागुन । घोराही उपमहानगरपालिका १६, सर्रा स्थित ज्ञानमाला एकेडेमीमा प्रजातन्त्र दिवसको अवसरमा अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयमा गठित सिर्जनशील बाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई प्रजातन्त्र दिवसको महत्वका बारेमा जानकारी गराउने उद्देश्यले आयाेजित प्रतियोगिताले विद्यार्थीहरुमा सामान्य ज्ञान, तार्किक सोच र प्रश्नोत्तरी कौशल विकास गर्नु रहेको थियो।

प्रतियोगितामा धौलागिरी सदनका दीपेश नेपाली, सबिना भण्डारी, सनीश केसी र बिमल पुन मगर प्रथम स्थान हासिल गर्न सफल भएकाछन् । त्यसैगरी सगरमाथा सदनका कृश बुढा मगर, श्रेया पुन, अस्मिता चौधरी, आरजु चौधरी र उन्नति केसी द्वितीय भएकाछन् ।

प्रतियोगिताकाे समापनका अवसरमा विजेता र उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। उक्त अवसरमा विद्यालय प्रशासनले यस्ता शैक्षिक तथा सिर्जनशील गतिविधिहरूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र राष्ट्रप्रति सचेत नागरिक बन्न प्रेरणा दिने विश्वास व्यक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस