Oplus_131072

घाेराही, ९ फागुन । घाेराही १६ सर्रामा रहेकाे ज्ञानमाला एकेडेमीमा वादविवाद प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ।

विद्यालयकाे वार्षिक कार्यतालिका बमोजिम शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मकाे वादविवाद प्रतियोगिता आयाेजना गरिएकाे थियाे ।

विद्यार्थीहरुकाे तार्किक क्षमता विकासका लागि आयाेजना गरिएकाे वादविवाद प्रतियाेगितामा कक्षा ९ की छात्रा श्रृया पुन प्रथम, कक्षा १० की छात्रा स्मारिका चाैधरी द्वितीय, कक्षा ६ की छात्रा शिखा पाेख्रेल तृतीय र कक्षा ६ कै छात्रा कृतिका केसी सान्त्वना हुनुभएको छ। प्रतियोगिताकाे समापनमा विजेताहरुलाई विद्यालयका प्रिन्सिपल महेश बस्नेतले पुरस्कार वितरण गर्नुभएको थियाे।

प्रतियाेगिताकाे निर्णायक मण्डलमा शिक्षिकाहरु रिता गाैतम, मिना याेगी र किशु खड्का रहनुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण सिर्जनशील बाल क्लबकी अध्यक्ष अदिति केसीले गर्नुभएको थियाे ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस