नेकपा एमालेका महासचिव शंकर पोखरेललाई दाङ क्षेत्र नं २ बाट सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजय गराउन आह्वान गर्दै दाङ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका विष्णुविक्रम सेन ओलीले एमाले महासचिव शंकर पोखरेललाई समर्थन गर्नुभएको छ। उहाँको चुनाव चिन्ह भ्यागुता रहेको थियो ।
पोखरेललाई समर्थन गर्ने कार्यक्रममा बोल्दै विष्णुविक्रम सेन ओलीले दाङ मात्र नभएर सिंगो मुलुकको नेतृत्व गर्न सक्ने शंकर पोखरेललाई विजयी गराउनका लागि आफूले उहाँलाई समर्थन गरेको बताउनुभयो । ओलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्य, एमालेका नेताहरू बलिभद्र राना, धुर्व भारी, दिनेश श्रेष्ठ, विवेक श्रेष्ठलगायतले माला खादा लगाएर स्वागत गर्नुभएको थियो ।












