oplus_2

दाङ, ४ जेठ । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।

उपाध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । २ जना उपाध्यक्ष छनाैटका लागि भाेली निर्वाचन हुन लागेको हाे । बिहान साढे आठ बजेदेखि दिउँसाे साढे ३ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिएकाे छ ।

पाण्डवेश्वर मन्दिर परिसरमा रहेकाे गुरूकुलकाे भवनमा निर्वाचन हुनेछ । मतदानका लागि मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नाे परिचय खुल्ने कागजात लिएर आउन समितिले आग्रह गरेकाे छ ।

उपाध्यक्ष पदमा लागि निवर्तमान उपाध्यक्ष शंकर गाैतम सहित निम बहादुर चाैधरी र सरस्वती खत्री प्रतिस्पर्धामा हुनुहुन्छ । समितिको अध्यक्षमा गणेश कुमार अधिकारी, सचिवमा विष्णुराम आचार्य, सहसचिवमा विमल अधिकारी, कोषाध्यक्षमा बोधिलाल शर्मा र सदस्यहरूको मात्रै उम्मेदवारी परेपछि उहाँहरू निर्विरोध निर्वाचित भइसक्नु भएकाे छ ।

उपाध्यक्ष पदका लागि सहमतिकाे प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत उपाध्यक्ष चयन गर्न लागिएको हाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस