दाङ, १८ भदाै। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएकाछन्। प्रतिष्ठानकी सहकुलपति समेत रहेकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकुलपति डा. अजय मिश्रको सिफारिसमा पदाधिकारी नियुक्त गर्नुभएकाे छ। उपकुलपति डा. मिश्रले सिफारिस गरेका तीन जनामध्येबाट पदाधिकारी छनोट गरिएको जनाइएको छ।

नियुक्तिअनुसार सह-प्राध्यापक डा. सुरेश विक रसाइलीलाई निर्देशक, प्रा. श्याम लम्साललाई रजिस्ट्रार, डा. रामनारायण मण्डललाई रेक्टर र डा. कृष्णकुमार झालाई डिन नियुक्त गरिएको छ। उहाँहरु सबैजना चार बर्षका लागि नियुक्त हुनुभएकाे हाे। रजिस्ट्रारमा नियुक्त  हुनुभएका लम्साल प्रतिष्ठानका यसअघिकै रजिस्ट्रार भएर काम गरिसकेका अनुभवी ब्यक्ति हुनुहुन्छ । राप्ती भन्दा अघि लम्साल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रार भइ काम गरि सक्नुभएकाे छ । यसैगरी अस्पतालकाे निर्देशकमा नियुक्त डा. रसाइली अनुभवी चिकित्सक हुनुहुन्छ । उहाँले विभिन्न जिम्मेवारीमा रहेर सफलतापुर्वक  काम गरिसक्नु भएकाे छ । रसाइली निमित्त कार्यालय प्रमुख र अस्पताल निर्देशक भएर यसअघि पनि काम गरि सक्नुभएकाे छ।

प्रतिष्ठानका महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा नयाँ पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानको व्यवस्थापन र शैक्षिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको सेवा, शिक्षण तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस