घोराही, २८ भदाै । घोराही उपमहानगरपालिका–१४ मिलनचोकमा ‘द प्लान्ट प्लान्ट्री’ तथा नुमा बारिष्टा एकेडेमी एन्ड क्याफे सञ्चालनमा आएको छ। स्थानीयस्तरमै कफी, खाजा तथा घर तथा कोठा सजावटका सामग्री उपलब्ध गराउने उद्देश्यसहित नयाँ व्यवसाय सञ्चालनमा ल्याइएको हो।

एकेडेमीको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा गरिएको हो। उद्घाटनका क्रममा प्रियासनले स्थानीय युवाहरूले रोजगारीको खोजीमा विदेश जानुभन्दा स्वदेशमै सीप र उद्यमसँग जोडिनुपर्नेमा जोड दिए। उनले नयाँ व्यवसायले ग्राहकलाई सेवा दिनुका साथै कफीसम्बन्धी सीप सिक्न चाहनेहरूका लागि समेत अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

पूरन बुढामगर र अनिषा बुढामगरद्वारा सञ्चालनमा ल्याइएको एकेडेमीमा विभिन्न प्रकारका कफी तथा खाजाका परिकार उपलब्ध हुनेछन्। क्याफेसँगै आकर्षक विभिन्न प्रजातिका प्लान्ट तथा घर, कार्यालय र कोठा सजाउन प्रयोग गरिने सेरामिक गमलासमेत बिक्रीका लागि राखिएको सञ्चालकहरूले बताएका छन्।
विशेषगरी कफी बनाउन रुचि राख्ने तथा यस क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न चाहनेहरूका लागि कफीसम्बन्धी तालिमसमेत सञ्चालन गरिने जनाइएको छ। कफी बनाउने सीप सिकेर रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न चाहने युवाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने सञ्चालकहरूको भनाइ छ।

स्थानीय बजारमा नयाँ अवधारणासहित सञ्चालनमा आएको यस व्यवसायले कफी संस्कृतिको विकाससँगै घर तथा कार्यालय सजावटका लागि आवश्यक सामग्रीको सहज उपलब्धतामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय उत्पादन, सीप र उद्यमशीलतालाई प्राथमिकता दिँदै सञ्चालनमा आएको एकेडेमीले मिलनचोक क्षेत्रको व्यवसायिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस