गरिमा चौधरी हत्याका दोषीलाई कडा कारबाही गर्न अनेम संघको माग

दाङ, ५ भदाै । अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । अनेम संघ दाङका अध्यक्ष लक्ष्मी शर्माको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय हत्या, अपहरण, आगजनी, आत्मदाह, मानव बेचबिखन, तस्करी, चोरी, डकैती तथा बलात्कारलगायतका...

घोराहीमा नमुना बिएस कफी विथ बुक्सकाे उद्घाटन

घोराही, ५ भदौ । घोराही उपमहानगरपालिका–१५, जिल्ला प्रशासन कार्यालय दाङको अगाडि नमुना बिएस कफी विथ बुक्स उद्घाटन गरिएको छ। कफी, नास्ता तथा पुस्तक अध्ययनको सुविधा एकै स्थानमा उपलब्ध गराउँदै घोराहीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले कफी विथ बुक्स सञ्चालनमा ल्याइएको हो। पसल सञ्चालक सीता बिष्टको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासन प्रमुख...

यातायात ऐनका प्रावधान सच्याउन मजदुर संगठनको माग

दाङ, २ भदौ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का प्रावधान यातायात श्रमिक, स्वरोजगार, व्यवसायी तथा आम उपभोक्ताको हितमा हुने गरी संशोधन गर्न सरकारसँग माग गरेको छ । संगठनले तीन महले संशोधन प्रस्तावसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रस्तावित ऐनका केही व्यवस्था कठोर र अव्यावहारिक रहेको जनाएको हो...

घोराहीमा डिना कलेक्सन सञ्चालन

घोराही, २ भदौ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित रणअम्बिका बीजी मार्केटमा महिलाका लागि लक्षित नयाँ कपडा पसल ‘डिना कलेक्सन’ सञ्चालनमा आएको छ । डिना गिरीले सञ्चालनमा ल्याउनुभएको कलेक्सनको उद्घाटन सोमबार सञ्चालक गिरीका पिता घनश्याम गिरीले गर्नुभएको हो । नयाँ कलेक्सनमा महिलाका लागि आवश्यक विभिन्न प्रकारका कपडाहरू उपलब्ध हुने सञ्चालक डिना गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कलेक्सनमा विशेषगरी महिलाहरूका लागि...

धारपानीमा सञ्चालित शिवपुराण तथा श्रृङ्गारिक महाआरती सत्सङ्ग सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

विमल योगी दाङ, २ भदौ। दाङको घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि सञ्चालन भएको एक महिने शिवपुराण तथा श्रृगारिक महाआरती सत्सङ्ग कार्यक्रम सोमबार सम्पन्न भएको छ। पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले साेमवार मन्दिर परिसरमा एक ओैपचारिक कार्यक्रमकाे आयाेजना गरी सत्सङ्गकाे समापन गरेकाे हाे । समापनको पूर्वसन्ध्यामा आइतबार आयोजित एक करोड दीप प्रज्वलन कार्यक्रम हजारौँ श्रद्धालु भक्तजनको सहभागिता...

ग्यास वितरणमा दाङ प्रशासनको पाँचबुँदे व्यवस्था

घोराही, २ भदौ । दाङमा खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा वितरणलाई पारदर्शी, सहज र न्यायोचित बनाउन जिल्ला प्रशासन कार्यालयले पाँचबुँदे व्यवस्था लागू गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले नेपाल आयल निगमको परिपत्र तथा सरोकारवालासँगको संयुक्त छलफलपछि ग्यास वितरणलाई व्यवस्थित बनाउन उक्त व्यवस्था सार्वजनिक गरेको हो। प्रशासनले स्थानीय तह, नेपाल आयल निगम, उद्योग वाणिज्य संघ, ग्यास उद्योगी, डिलर तथा...

पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा एक करोड दीप प्रज्वलन

विमल योगी दाङ, ३१ साउन । दाङको घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा शिवपुराण तथा श्रुङ्गारिक महाआरती सत्सङ्ग अन्तर्गत आइतबार आयोजित एक करोड दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्था, शान्ति, समृद्धि तथा विश्वकल्याणको कामनासहित आयोजित कार्यक्रममा दाङसहित देशका विभिन्न जिल्ला तथा विदेशबाट आएका हजारौँ श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। मन्दिर परिसर दीपमालिकाले झिलिमिली बनेको थियो...

जर्नी टु जिनियस एक्स्पाेले शैक्षिक क्षेत्रमा नयाँ उचाइ थप्ने: लालहरी पाण्डे

घाेराही, ३१ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले आज आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक भेला सम्पन्न भएको छ । भेलामा जर्नी टु जिनियस एक्स्पो २०८३ का बारेमा छलफल गरिएको थियाे । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले एक्स्पोले शैक्षिक क्षेत्रमा नयाँ उचाइ थप्ने बताउनुभयाे । `जर्नी टु जिनियस एक्स्पो’...

प्याब्सन दाङले ‘जर्नी टु जेनियस एक्स्पो–२०८३’ आयोजना गर्ने, आज अध्यक्ष र प्रअ भेला गर्दै

घोराही, ३१ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले जिल्लाको शैक्षिक क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा विद्यालयहरूबीच सहकार्य र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको आज आइतबार बृहत् भेला आयोजना गर्दैछ । प्याब्सन दाङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भेलामा ‘जर्नी टु जेनियस एक्स्पो–२०८३’ लगायत समसामयिक शैक्षिक विषयमा व्यापक छलफल, अन्तरक्रिया तथा...

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, रिहाइको माग

काठमाडौं, २८ साउन । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उहाँलाई पक्राउ गरिएको हो। श्रेष्ठको पक्राउको विरोधमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष...

ताजा समाचार