चेक अनादरसम्बन्धी नयाँ व्यवस्था
काठमाण्डौ, असार २७ । चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन, परिमार्जन, थप गर्दै चेक बाउन्ससम्बन्धी नयाँ व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्था अनुसार खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा अनादर हुने चेक जारी गर्ने खातावाला वा...
यी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ, असार २७ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति...
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने
काठमाण्डौ, असार २७ । सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । व्यवसायीहरुले विलासी करको विरोधमा आन्दोलन गर्दै आएका थिए । हिजो अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति जुटेको हो । यस सहमतिसँगै देशभरका सुनचाँदी पसलहरू आजदेखि नियमित सञ्चालनमा आउने भएका छन् ।
सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको...
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ७२ प्रतिशत नाघ्याे
दाङ, असार २७ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७२.४३ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारले विनियोजित ३९ अर्ब ७९ करोड रुपैयाँमध्ये हालसम्म २८ अर्ब २२ करोड ५९ लाख ६६ हजार ३२० रुपैयाँ खर्च गरेको हो।
प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगत खर्चतर्फ २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १७ अर्ब ९१...
गुरु र शिष्यबीच सुमधुर सम्बन्ध जरुरी
असार, २६ असार । गुरु र शिष्यबीच सुमधुर सम्बन्ध हुन जरुरी रहेकाे एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन्।
घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयद्वारा आयाेजित एक कार्यक्रमका वक्ताहरुले यस्ताे जाेड दिएका हुन्। उनीहरुले गुरुप्रति शिष्यहरुलाई सम्मान गर्ने बानीकाे विकास गराउन जरुरी रहेकाे बताएका थिए। गुरु र शिष्यलाई सँगै राखि गरु पुर्णिामा मनाउँदा गुरुप्रतिकाे सम्मान र शिष्यप्रतिकाे माया स्थापित गर्न...
मुख्यमन्त्री आचार्यद्वारा अपरेशन थिएटर भवनकाे उद्घाटन
बाँके, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नु भएको हाे ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने...
खेलाडी र प्रशिक्षकलाई प्रदेश सरकारद्वारा सम्मान
दाङ, २६ असार । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यु–१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्ले प्रति खेलाडी एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित एक कार्यक्रममार्फत प्रदेश खेलकुद परिषद्का सदस्य सचिव टिरनदाज...
घोराही बनाउने हुटहुटीसहित अघि बढेका सामाजिक अभियान्ता सविन प्रियासन
सुरेश रावल
नेपालको समसामयिक साहित्यिक, सामाजिक र पत्रकारिताको क्षेत्रमा एउटा विशिष्ट र प्रेरणादायी नाम हो—सविन प्रियासन । उनले पत्रकारिता, साहित्य, समाजसेवा, खेल, भाषा, संस्कृति र शिक्षा सबै क्षेत्रमा उस्तै गतिशीलता देखाएका छन् । समर्पण, निष्ठा र निरन्तर साधनाको प्रतीकका रुपमा चिनिने प्रियासन दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १०, मिलनचोकमा २०३६ साल वैशाख १ गते जन्मिनु भएको हो । बुबा...
प्राध्यापक संघको सभापतिमा न्यौपाने
घाेराही २५ असार । त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस एकाई सभापतिमा तिर्थ न्यौपाने निर्वाचित हुनुभएको छ । यसैगरी संघकाे उपाध्यक्षमा निश्चल हमाल, सचिवमा सुधिर पोख्रेल र कोषाध्यक्षमा टोपेन्द्र गौतम निर्वाचित हुनुभएको छ । संघका सदस्यहरुमा समिरमणि गौतम, पुस्कर खड्का, मनोज चौधरी, कुलवीर चौधरी र देवेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।
एकल संक्रमणिय निर्वाचनबाट निर्वाचित सदस्यहरुको पहिलो बैठकले...
दाङमा बाल अधिकार सुनिश्चित गर्न ऐक्यबद्धता
दाङ, २५ असार। बालबालिकाको हक र हितका लागि कार्यरत स्थानीय तह र सरोकारवाला निकायहरूले बाल अधिकार प्रवर्द्धनमा ऐक्यबद्धता जनाएका छन्। जिल्ला समन्वय समिति, दाङको समन्वयमा तथा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘बालबालिकासम्बन्धी ऐन, २०७५’ अनुसारका प्रावधानहरू कार्यान्वयन गर्दै सबै स्थानीय तहलाई बालमैत्री बनाउने प्रतिबद्धता जनाउँदै सरोकारवालाहरूले लिखित हस्ताक्षरसमेत गरेका छन्। उनीहरूले...