लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै
दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्राबधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार...
अन्तर्राष्ट्रिय युवा दिवसमा दाङ महिला जेसिजको सचेतना कार्यक्रम
घोराही, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दाङ महिला जेसिजको आयोजनामा घोराही उपमहानगरपालिका–१७ स्थित निर्णय पुनर्स्थापना केन्द्रमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। “परिवर्तन सम्भव छ” भन्ने मूल नाराका साथ आयोजित “युवासँग प्रेरणा र संवाद” कार्यक्रममा पुनर्स्थापना केन्द्रमा रहेका ६० जनाभन्दा बढी युवाको सहभागिता रहेको थियो।
कार्यक्रममा युवाहरूलाई सुधार गृहबाट बाहिरिएपछि समाजमा पुनर्स्थापित हुने प्रक्रिया, सकारात्मक सोच, आत्मविश्वास, सीप तथा...
योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन
दाङ, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकायलाई जिम्मेवार ढंगले काम गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिएका कार्यको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आयाेजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अलपत्र नपार्न निर्देशन दिनुभएको हाे ।...
बस्नेतकाे निधनले पार्टीलाई ठुलाे क्षति: महासचिव पाेख्रेल
दाङ, १९ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता स्वर्गिय शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । नेकपा (एमाले) दाङले आज बस्नेतको नवौँ दिनको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हाे ।
नेकपा (एमाले)का पुर्व केन्द्रिय सल्लाहकार परिषद् सदस्य समेत रहनु भएका बस्नेतको कम्युनिष्ट आन्दोलनदेखि पार्टीप्रतिको भूमिकाका बारेमा चर्चा गर्दै...
डोल्पोबुद्धमा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम
डोल्पा, १७ साउन । डोल्पोबुद्ध गाउँपालिका डोल्पाको आयोजनामा जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरूका लागि ५ दिने क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ ।
पालिकाले कर्मचारीहरुको काम गर्ने तरिकामा फरकपन ल्याउन, बानी व्यवहारमा सुधार गर्न र कार्यप्रति उत्सुकता जगाउने मुख्य उद्देश्यका साथ तालिम सञ्चालन गरेको जनाएको छ । कृषि विकास अधिकृत अमृत खड्काको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष...
ज्ञानज्योति एजुकेसनल एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
घोराही, १७ साउन । ज्ञानज्योति एजुकेसनल एकेडेमी, घोराही–१३ डुम्मुरगाउँमा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीबीच आत्मीय सम्बन्ध विकास गर्दै अध्ययनप्रति थप प्रेरणा जगाउने उद्देश्यका साथ विभिन्न सांस्कृतिक तथा प्रेरणामूलक प्रस्तुति गरिएको थियो।
कक्षा १२ की छात्रा भूमिका थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यार्थी लक्ष्मी...
प्याब्सन घाेराहीकाे चित्रकलामा स्टार र हिज्जेमा दीपशिखा प्रथम
घाेराही, १७ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित चित्रकला र हिज्जे प्रतियोगितामा क्रमश: स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुल र दीपशिखा सेकेन्डरी स्कुल प्रथम भएकाछन् ।
गुरुकुल एकेडेमीमा भएकाे कक्षा एकदेखि तीनसम्मकाे चित्रकलामा स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुलका अम्बिका बहकरी प्रथम भएकी हुन् । उक्त प्रतियोगितामा साेही बिद्यालयका प्रज्वल राेका मगर द्वितीय भएकाछन् ।...
जेसीज र प्याब्सन घाेराहीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता
घाेराही, १६ साउन । त्रिभुवननगर जेसीज र प्याब्सन घाेराहीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ । कनेक्ट, एक्ट एण्ड सस्टेन थिममा रहि त्रिभुवननगर जेसीजले प्याब्सन घाेराहीसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयाेजना गरेकाे थियाे ।
त्रिभुवननगर जेसीजका अध्यक्ष जेसी मिनराज भाटकाे अध्यक्षता एवम् प्याब्सन घाेराही नगर कमिटीका सल्लाहकार धर्म बहादुर केसीकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता भएकाे थियाे । त्रिभुवननगर जेसीज र प्याब्सन घाेराहीबिच...
दाङमा ‘प्रविधि मेला’ सुरु
घोराही, १५ साउन । कोड फर चेन्ज दाङको आयोजनामा दाङसहित विभिन्न जिल्लाका कलेजहरूमा सूचना प्रविधि (आईटी) अध्ययनरत विद्यार्थीहरूको सहभागितामा तीनदिने ‘प्रविधि मेला’ सुरु भएको छ। असार १५, १६ र १७ गतेसम्म सञ्चालन हुने मेलामा विद्यार्थीहरूले विकास गरेका विभिन्न मोबाइल एप, सफ्टवेयर, डिजिटल समाधान तथा नवीन प्रविधिमा आधारित आइडियाहरूको प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ।
कोड फर चेन्ज दाङका अध्यक्ष जगदिश ओलीकाे...
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता
दाङ, १४ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व...













