https://xvamoney.xyz/776345230639204/

पार्टी प्रवेश गरेको भन्ने कुरा भ्रममात्रै हो : घर्ती

घोराही, ११ पुस । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. १९ का उपसचिव जानकी घर्तीले आफू एमालेकै जिम्मेवारीमा रही जनताको पक्षमा काम गरिरहेको भन्दै भ्रममा नपर्न अपील गर्नुभएको छ । बुधवार प्रेस विज्ञप्ती जारी गर्दै आफू एमालेकै जिम्मेवारी रहेको तर बजारमा अन्य पार्टी प्रवेश गरेको भन्ने भ्रम फैल्याइएको उल्लेख गर्नुभएको छ । उहाँले भ्रमपूर्ण कुरामा विश्वास नगर्न सबैमा अनुरोध गर्दै...

व्यवहारिक र जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकताः गिरी

दाङ, २० मंसिर । घोराही उपमहानगरपालिका वडानं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षता र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) का केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रमम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले व्यवहारीक र जीवनोपयोगी शिक्षा अहिलेको...

मानवीय सेवाका लागि रक्तदान अपरिहार्यः अध्यक्ष डाँगी

मंसिर १७, घोराही । मानवीय सेवाका लागि रक्तदान अपरिहार्य रहेको घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष तारा बहादुर डाँगीले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडमीको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार आयोजित रक्तदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जीवनमा पहिलो पटक रक्तदान गर्दै अध्यक्ष डाँगीले भन्नुभयो “यो मेरो जीवनकै...

भुकम्पप्रभावित क्षेत्रमा एमाले : दाङले थाल्यो अस्थायी विद्यालय निर्माण

घोराही, ७ मंसिर । नेकपा एमाले दाङले भुकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका विभिन्न टोलमा अस्थायी टहरा निर्माण थालेको छ । भुकम्पका कारण रुकुमपश्चिमको आठविसकोट नगरपालिकामामात्रै ३१ जनाको ज्यान गएको छ भने ठूलो धनजनको क्षति भएको छ । विपतका बेला भुकम्पपीडितहरुलाई राहत वितरण गरेको एमाले दाङले स्वयंसेवक पठाएर अस्थायी टहरा निर्माण पनि थालेको छ । एमालेका दाङका सचिव मनोहर बुढाथोकीको नेतृत्वमा...

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई एमाले दाङको राहत

दाङ, २८ कार्तिक । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाइ राहत उपलब्ध गराएको छ । सोमवार भूकम्प प्रभावित क्षेत्रमै पुगेर बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेको हो । पार्टीका सङ्गठित सदस्यसँग जनही ५० रुपैयाँ, एमालेका पालिका कमिटी, वडा कमिटी, जातीय मुक्ती समाज, पेसागत महासङ्घ, भूमिहीन श्रमिक संगठन, राष्ट्रिय खेलकुद महास‌ंघ लगायत जनवर्गीय संगठन र शुभेच्छुकहरुबाट संकलन गरिएको रकमले राहत...

घोराहीमा निजामती कर्मचारी संगठनको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया

दाङ, २५ कार्तिक । नेपाल निजामती कर्मचारी संगठनले दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारेर शनिबार शुभकामना आदानप्रदान गरेको छ । सोही अवसरमा कर्मचारीहरुको पेशागत सुरक्षा, अवसर र चुनौतीबारेमा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका कमिटी अध्यक्ष लीलाजीत नेपालीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका...

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

काठमाडौं, २४ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताउनु भएको हो । सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा...

मेयरले पठाए जलनले घरमै थलिएकी पम्फीलाई उपचार गर्न काठमाडौँ

तुलसीपुर, २३ कार्तिक । खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाउनुभएको छ । उपचार गर्नका लागि तुलसीपुर प्रादेशिक अस्पतालमा सम्भव नभएपछि बिहीबार साँझ नगरप्रमुख खड्काले व्यक्तिगत रुपमा उहाँलाई काठमाडौँ पठाउनुभएको हो । तुलसीपुर १९ सुंगुरखोलाकी २८ वर्षिय पम्फी पुन कार्तिक ९ गते खाना पकाउने क्रममा अग्नी जलनमा पर्नुभएको थियो ।...

समस्या र समाधानका सूची बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं, २३ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । त्यसका लागि समस्याका सूची बनाएर समाधानका उपाय पेस गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको आ.व. २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास, समस्या समाधान समितिको...

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ को भूकम्प

दाङ, १८ कार्तिक । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती भूकम्प गएको छ। सो भूकम्प दाङ लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो। राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पबाट जाजरकोट, रुकुमलगायतका जिल्लाका घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप क्षतिको विवरण...

ताजा समाचार