स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार
दाङ, १४ साउन । दाङको तुलसीपुरमा बिहीबार बिहान स्कुल बस रोकेर एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । मोटरसाइकलमा आएका दुई जना अज्ञात युवकले गुडिरहेको बस रोकेर कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि खुकुरी प्रहार गरेका हुन् ।
तुलसीपुरस्थित ग्रेट अरनिको माविका विद्यार्थी छाड्न जाँदै गरेको रा १ क ५३४ नम्बरको बसलाई तुलसीपुर–८ स्थित गहते खोलामा रोकेर आक्रमण भएको हो ।...
गुरु पूर्णिमामा गुरुहरुलाई बिरुवा उपहार
घाेराही, १३ साउन । गुरु पूर्णिमाकाे अवसरमा ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई बिरुवा उपहार दिएकाछन् ।
वातावरण संरक्षण तथा दिगाे स्वास्थ्यका लागि विद्यार्थीहरुले शिक्षक तथा कर्मचारीहरुलाई बिरुवा उपहार दिएका हुन् । शिक्षक तथा कर्मचारीहरुलाई दालचीनीकाे बिरुवा उपहार दिदै विद्यार्थीहरुले उक्त बिरुवाकाे घर वा विद्यालयमा स्वयम् शिक्षक तथा कर्मचारीहरुले राेपन, मलजल तथा संरक्षण गर्नुपर्ने बताएका छन् । विद्यालयका...
ग्यास अभावको विषयमा प्रशासनलाई पत्रकार महासंघकाे ध्यानाकर्षण
घोराही, ११ साउन । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ।
पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी सहितको पत्रकारको टोलीले...
मुख्यमन्त्री आचार्यद्वारा अधिवक्ता टंकप्रसाद पोखरेलप्रति श्रद्धाञ्जली अर्पण
अर्घाखाँची, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले वरिष्ठ अधिवक्ता, समाजसेवी तथा नेकपा एमालेका अग्रज नेता टंकप्रसाद पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पोखेरेलका पिता समेत रहनुभएका पोखरेलको श्रद्धाञ्जली कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, कानुन व्यवसायी, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको...
स्टान घाेराहीद्वारा विज्ञान शिक्षकलाई अभिमुखिकरण तालिम
घाेराही, ३ साउन । विज्ञान शिक्षक समाज नेपाल (स्टान) घाेराही नगर कमिटीले विज्ञान शिक्षकका लागि एकदिने अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ । विज्ञान शिक्षकहरुकाे क्षमता विकाससँगै विशिष्टिकरण तालिका, लेखन शैली तथा शिक्षण सिकाइ प्रक्रियामा एआईकाे प्रयाेगका बिषयमा शिक्षकहरुलाई प्रशिक्षण दिइएकाे छ ।
स्टान घाेराहीका अध्यक्ष प्रकाश गाैतमकाे अध्यक्षता एवम् सामाजिक विकास महाशाखा घाेराहीका शिक्षा अधिकृत भवानी गिरीकाे प्रमुख आतिथ्यता तथा...
देश ऐठनमा छः एमाले अध्यक्ष ओली
ललितपुर, १ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश निसासिएर ऐठनको अवस्थामा पुगेको बताउनु भएको छ । पार्टीको वेबसाइटको नविन संस्करण सार्वजनिकीकरणमा शुक्रबार अध्यक्ष ओलीले भन्नुभयो– ‘समाजमा कानुन बर्खिलाप गर्ने कामको नेतृत्व सरकारले नै गरेको छ । संसद लगायत राज्यका तीनवटै अङ्ग कार्यकारी नियन्त्रित छ ।’
सडकमा विरोधको आवाज उठाउनेहरुलाई सरकारले नै सिभिल डे«समा मानिस पठाएर आक्रमण गर्न...
लुम्बिनी फुटबल एकेडेमीले मनायाे तेस्रो वार्षिकोत्सव
घोराही, १ साउन। लुम्बिनी फुटबल एकेडेमी दाङको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। एकेडेमीका सञ्चालक समिर ओलीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन विशिष्ट अतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएकाे थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विपुल पोख्रेलले खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा मात्र सीमित नराखी...
पहल थिएटर र घोराही बनाऔँ अभियानद्वारा साउनभर एक हजारभन्दा बढी बिरुवा रोपिने
घोराही, ३२ असार। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ घोराही निर्माण गर्ने उद्देश्यका साथ पहल थिएटर र घोराही बनाऔँ अभियान ले साउन महिनाभर सञ्चालन हुने वृक्षारोपण अभियानअन्तर्गत एक हजारभन्दा बढी बिरुवा रोप्ने भएका छन्। "रुख रोपौँ, जीवन जोडौँ" भन्ने मूल नारासहित सञ्चालन हुन लागेको अभियानमा विभिन्न प्रजातिका फलफूल, जडीबुटी तथा काठजन्य बिरुवा रोपिने जनाइएको छ।
पहल थिएटरका सञ्चालक केएल बुढाथोकीका...
घाेराही खेलकुदका बारेमा आएका भ्रमपूर्ण समाचारप्रति खेल संस्थाहरुको ध्यानाकर्षण
घोराही, ३० असार। घोराही उपमहानगरपालिकामा कतिपय खेलकुद कार्यक्रमहरु बजेट अभावका कारण सञ्चालन नभएकाे विषयलाई लिएर सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा आएका एकतर्फी भ्रमपूर्ण समाचारप्रति दाङका विभिन्न खेलकुद संस्थाले आपत्ति जनाएका छन्।
मंगलबार जारी संयुक्त प्रेस विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गते भएको जन–जेड आन्दोलनका क्रममा वडा कार्यालय, उपमहानगरपालिकाका कार्यालय, मालपोत, नापी कार्यालयलगायत सरकारी संरचनामा भएको तोडफोड तथा आगजनीका...
शिवपुराण तथा श्रृङ्गारिक महाआरती’ को तयारी अन्तिम चरणमा
विमल याेगी
दाङ,२९ साउन । विश्वकै सबैभन्दा ठूलो त्रिशूल अवस्थित दाङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल घोराही उपमहानगरपालिका–५, धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिर प्राङ्गणमा सञ्चालन हुने 'शिवपुराण तथा श्रृङ्गारिक महाआरती' को तयारी अन्तिम चरणमा पुगेकाे छ ।
मन्दिर व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन १ गतेदेखि भदौ १ गतेसम्म एक महिना मन्दिर परिसरमा सञ्चालन हुने 'शिवपुराण तथा श्रृङ्गारिक महाआरती'...














