https://xvamoney.xyz/776345230639204/

त्रुटी सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो महासंघलाई ज्ञापन पत्र

दाङ, २७ असोज । प्रेस चौतारी नेपाल दाङ शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका क्रममा विभेद भएको भन्दै महासंघ दाङ शाखामा ज्ञापनपत्र बुझाएको छ । चौतारी दाङका कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जा तथा सचिव किरण गौतमद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा व्यावसायिक र क्रियाशील पत्रकारहरुलाई पाखा लगाएर महासंघभित्र राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यहरुको नामावली सार्वजनिक गरिएको भन्दै आपत्ती प्रकट गरिएको छ ।...

तुलसीपुरमा कर्मचारी संगठनको बृहत भेला सम्पन्न

दाङ, ६ असोज । नेपाल निजामती कर्मचारी संगठन दाङको बृहत् भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । जिल्ला कार्यसमिति दाङको आयोजना र तुलसीपुर नगर कमिटीको व्यवस्थापनमा तुलसीपुरमा कार्यक्रम सम्पन्न भएको हो । संगठनको जिल्ला अध्यक्ष शेर बहादुर के.सी.को अध्यक्षता एवं लुम्बिनी प्रदेश कमिटी सदस्य प्रदीप कुमार वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय सेवा ऐन, संगठन सुदृढीकरण, बुलेटिन प्रकाशन, विभिन्न रचनात्मक...

सरकार र शिक्षकबीचको सहमतिमा के छ ?

दाङ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षक र सरकारबीच आज छ बुँदे समहमति भएको हो । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति...

बजार सफा राख्‍न व्यवसायीलाई डस्टविन

गोकर्ण पौडेल तुलसीपुर, २९ भदौ । तुलसीपुर उपमहानगरपालिकाले बजार सफा राख्नका लागि डस्टविन हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ऐतिहासिक बिजौरी बजार क्षेत्रलाई सफा र सुन्दर राख्नका लागि बजार क्षेत्रमा व्यवसायी गर्दै आएका व्यापारीलाई डस्टविन हस्तान्तरण गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रलाई सफा राख्नका लागि व्यापारीहरुलाई डस्टविन विगतदेखि नै हस्तान्तरण गर्दै आएको बताउनुभयो । उहाँले बजारलाई...

विश्व आत्महत्या दिवसमा लायन्सद्वारा सचेतना

घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयशेर माध्यमिक विद्यालय घोराही–६ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का गरेर करिव दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा आत्महत्या रोकथामका बारेमा जानकारी दिइएको थियो । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा...

बंगलाचुलीमा जेसीजको निःशुल्क स्वास्थ्य शिविर,  साढे ३ सय बढीले लिए सेवा

दाङ, १७ भदौ । त्रिभुवननगर जेसीज दाङले पहाडी विकट बस्ती बंगलाचुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार त्रिभुवननगर जेसीजको आयोजना तथा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराही, दाङको प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ५० बढीले स्वास्थ्य सेवा लिएका छन् ।शिविरमा सबैभन्दा बढी बिरामीहरु डाढ, नसा तथा जोर्नी सम्बन्धी सेवाका लागि आएको उपचारमा संलग्न डा. रमेश बस्नेतले जानकारी...

ज्ञानमालामा हाजिरीजवाफ र हिसाब दौड प्रतियोगिता सम्पन्न

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा हाजिरीजवाफ र हिसाब दौड प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको नियमित शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिताहरु कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १० सम्म र पूर्व प्राथमिक तहको हिसाब दौड प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।प्राथमिक तह अन्तर्गतको हाजिरीजवाफ प्रतियोगितामा यल्लो हाउसका...

धारपानीमा सञ्चालित पुरुषोत्तम महात्म्य एवं श्रृङ्गारिक महामहोत्सवको आयव्यय सार्वजनिक

विमल योगी दाङ, ६ भदौ । दाङको धारपानीमा गत साउनमा सञ्चालित पुरुषोत्तम महात्म्य एवं श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ । अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव गत साउन २ गतेदेखि ३१ गते सम्म सञ्चालन भएको थियो । महामहोत्सवमा ३१ लाख ८२ हजार नौ सय ९१ रुपैया आम्दानी र २१ लाख २६ हजार ८६ रुपैया...

अप्‍टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी

दाङ, ३ भाद्र । अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी चयन हुनुभएको छ । क्लबको आइतबार घोराहीमा सम्पन्न प्रथम अधिवेनबाट सन् २०२३/०२४ का लागि घोराही १५ निवासी गिरी अध्यक्षमा चयन हुनुभएको हो । क्लबको प्रेसिडेन्ट इलेक्टमा मुकेश्वर शर्मा, उपाध्यक्षमा प्रवेशराज जोशी, सचिवमा अमर अधिकारी, कोषाध्यक्षमा प्रदीप सिंह गहतराज, निर्देशकहरुमा किरण गौतम, किरण न्यौपाने र तेजविक्रम रावत चयन हुनुभएको छ ।...

बाढीले भत्काएको सडक मर्मत गरिँदै

तुलसीपुर, २८ साउन । घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ फोर्टिनाइन चोकदेखि पूर्वतर्फको सुरैना चिरामा आएको बाढीले सडक भत्काएको थियो । तुलसीपुर उपमहानगरपालिका र सडक डिभिजन कार्यालयका यान्त्रिक साधन प्रयोग गरेर सडक मर्मत सुरू गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले भत्किएको सडकखण्डमै पुगेर सोमबार...

ताजा समाचार