शिवपुराण तथा श्रृङ्गारिक महाआरती’ को तयारी अन्तिम चरणमा

विमल याेगी दाङ,२९ साउन । विश्वकै सबैभन्दा ठूलो त्रिशूल अवस्थित दाङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल घोराही उपमहानगरपालिका–५, धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिर प्राङ्गणमा सञ्चालन हुने 'शिवपुराण तथा श्रृङ्गारिक महाआरती' को तयारी अन्तिम चरणमा पुगेकाे छ । मन्दिर व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन १ गतेदेखि भदौ १ गतेसम्म एक महिना मन्दिर परिसरमा सञ्चालन हुने 'शिवपुराण तथा श्रृङ्गारिक महाआरती'...

मनकामनाकाे शैक्षिक निर्देशकमा टेकम चन्द

घाेराही, २८ असार । मनकामना इङलिस सेकेन्डरी बाेर्डिङ स्कुल घाेराही १७ चाैघेराकाे शैक्षिक निर्देशकमा टेकम चन्द नियुक्त हुनुभएकाे छ। शिक्षा क्षेत्रमा झन्डै २८ वर्षदेखि निरन्तर शिक्षण गरिरहनुभएका चन्दलाई आइतबार पदभार कार्यक्रम मार्फत विद्यालयकाे शैक्षिक निर्देशककाे जिम्मेवारी प्रदान गरिएकाे छ। दाङ तथा सल्यानका विभिन्न विद्यालयहरुमा प्रधानाध्यापककाे समेत जिम्मेवारी सम्हाल्नुभएका चन्दले ज्ञानसिन्धु र दाङ भ्याली कलेजमा समेत अध्यापन गराउँदै आउनुभएको छ । विद्यालयकाे...

शिक्षा अधिकृतमाथि मोबिल खन्याउने वडा सदस्यलाई कारबाही गर्न घोराही उपमहानगरपालिकाद्वारा पत्राचार

दाङ, २८ असार । घोराही उपमहानगरपालिकाले आफ्ना शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएर भौतिक आक्रमण गर्ने वडा सदस्यलाई कडा कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङलाई पत्राचार गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले पत्र पठाउँदै ज्यान मार्ने नियतका साथ अभद्र व्यवहार, गालीगलौज र भौतिक आक्रमण गर्ने घोराही-१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)...

धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरती हुने

विमल याेगी दाङ, २५ असार। घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा २०८३ साल श्रावण १ गतेदेखि भदौ १ गतेसम्म शिवपुराण तथा श्रृङ्गारिक महाआरती सञ्चालन हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले साउन महिनाभर विविध धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भक्तजनलाई धार्मिक आस्थासँग जोड्ने उद्देश्य लिएको जनाएको छ। कार्यक्रमअन्तर्गत प्रत्येक दिन नित्य पूजा, विशेष पूजा, शिवपुराण वाचन, १०८ वटा पीपलमा...

घाेराही नगर खेलकुदद्वारा खेलाडी सम्मानित

घाेराही, २५ असार । घाेराही नगर खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेकाे छ । ११औं राष्ट्रिय हप्किडाे च्याम्पियनसिप २०२६ का स्वर्ण, रजत र कास्य पदक विजेता एवम् उत्कृष्ट रेफ्रीलाई एक कार्यक्रम गरि सम्मान गरिएकाे हाे । घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र पुनकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा घाेराही उपमहानगरपालिकाकाे प्रतिनिधित्व गरि ११औं...

गोर्खा पब्लिक हस्पिटल घोराहीको अध्यक्षमा पन्थी

दाङ, २० असार । गोर्खा पब्लिक हस्पिटल प्रालि घोराही दाङको सञ्चालक समिति अध्यक्षमा माधव प्रसाद पन्थी चयन हुनु भएको छ । आज घोराहीमा सम्पन्न नवौँ साधारणसभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा पन्थी अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा शंकर गौतम, सचिवमा नौल सिं घर्ती, कोषाध्यक्षमा केशवकुमार न्यौपाने र सदस्यमा गोविन्द प्रसाद न्यौपाने चयन हुनुभएको छ । २०६८ सालमा स्थापना...

सिर्जनशील बाल क्लबकाे अध्यक्षमा रिजाल

घाेराही, १८ असार । घाेराही उपमहानगरपालिका १६ सर्रामा रहेकाे ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लबकाे अध्यक्षमा प्रनित रिजाल निर्विराेध निर्वाचित भएका छन् । सिर्जनशील बाल क्लबका उपाध्यक्ष एन्जल भुसालकाे अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे वार्षिक साधारणसभाले रिजाललाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । निवर्तमान विद्यालय कप्तान र जुनियर रेडक्रस सर्कलकाे पूर्व सचिवकाे जिम्मेवारी समेत सम्हालेका रिजालकाे अध्यक्षमा...

कलश सहकारीकाे स्थापना दिवसमा रक्तदान

विमल याेगी दाङ, १४ असार । घाेराही स्थित कलस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। संस्थाद्वारा सञ्चालित सहकारी बजार परियोजना परिसरमा आयोजित कार्यक्रममा ३२ जनाभन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए। कार्यक्रममा इश्वरी प्रसाद आचार्य, गिरिराज पोख्रेल, तेजबहादुर रावत, ढकराज सुवेदी, शालिकराम खनाल, बालचन्द्र शर्मा, चेतनाथ पाण्डे, सन्तोषकुमार शर्मा रेग्मी, बिमल...

अम्बिका माविबाट १२ पास गर्ने विद्यार्थीलाई सम्मान

दाङ,९ असार । दाङकाे घाेराही १ स्थित अम्बिका मावि हर्नाेक दाङबाट यस बर्ष कक्षा १२ पास गर्ने विद्यार्थीलाई सम्मान गरेकाे छ । विद्यालय परिसरमा आज एक कार्यक्रमका विच ति विद्यार्थीलाई सम्मान गरिएको हाे । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनले कक्षा १२ को परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि अध्ययन, अनुशासन र...

उपाध्यक्ष पौडेलको पक्राउप्रति एमालेको आपत्ति

काठमाडौं, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा पौडेललाई गिरफ्तार गरेको आरोप लगाइएको छ। एमालेले आफू सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै वर्तमान सरकारले विपक्षी दलहरूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा दमन र...

ताजा समाचार