संस्थागत विद्यालयका शिक्षकलाई क्यास तालिम
घाेराही, ७ असार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले प्राथमिक तहका शिक्षकहरुलाई तालिम दिएकाे छ ।
निरन्तर मुल्यांकन प्रणाली (क्यास)का विषयमा प्राथमिक तहका शिक्षक, विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल तथा संयाेजकहरुलाई प्रशिक्षित गरिएकाे थियाे । कक्षा पाँचसम्म पूर्णरुपमा निरन्तर मुल्यांकन प्रणाली सञ्चालन भएपछि प्याब्सन घाेराहीले एकदिने तालिम सञ्चालन गरेकाे हाे ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता...
प्याब्सन घाेराही हाजिरी जवाफकाे विजेता जनज्योति
घाेराही, ६ असार । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा आधारभूत तह कक्षा ६ देखि ८ सम्मकाे हाजिरी जवाफ प्रतियोगिता शनिबार जनज्योति विद्यामन्दिर घाेराहीमा सम्पन्न भएकाे छ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएकाे थियाे । प्रतियोगितामा जनज्योति विद्यामन्दिरका साहाना उप्रेती, भिमसेन थापा...
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ अर्ब ११...
एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्याउँछौं’: निरज आचार्य
काठमाडौं, १ असार । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना र प्रविधिको युगमा प्रचार–प्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउने बताउनु भएकाे हाे। उहाँले अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित...
मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ : मुख्यमन्त्री आचार्य
दाङ, १ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धर्ना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उहाँले पत्रकारहरूको जायज मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण...
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध
लन्डन, १ असार । बेलायत सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सर किअर स्टार्मरले सोमबार बालबालिकालाई अनलाइन प्लेटफर्ममा सुरक्षित राख्ने उद्देश्यसहित सामाजिक सञ्जालसम्बन्धी नीति परिवर्तन गर्ने घोषणा गरेका हुन्।
नयाँ व्यवस्थाअन्तर्गत टिकटक, इन्स्टाग्राम, स्न्याप च्याटलगायत लोकप्रिय सामाजिक सञ्जालहरूमा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको पहुँच सीमित गरिने जनाइएको छ।
सरकारका अनुसार यो...
लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै
दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज असार १ गते प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले बजेट पेश गर्नुहुने कार्यसूची छ ।
प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै...
महिला जेसिजद्वारा बिरामीलाई फलफुल
दाङ, ३१ जेठ। विश्व रक्तदाता दिवसका अवसरमा दाङ महिला जेसिजद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीहरूलाई फलफुल वितरण गरिएको छ।
प्रतिष्ठानमा उपचार गराउन आएका २५० जना जति बिरामीलाई महिला जेसिजले फलफुल, जुस एवम् पानी वितरण गरेको थियो।
दाङ महिला जेसिजकी कार्यवाहक अध्यक्ष जेसी भीमा डिसीको अध्यक्षता, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान इमर्जेन्सीका प्रमुख डाक्टर मदन थपलियाको प्रमुख आतिथ्यता, एवम् बयालडाँडा चौतारी क्लबका अध्यक्ष...
महिला जेसीजद्वारा शैक्षिक सामग्री हस्तान्तरण
घाेराही, २९ जेठ । दाङ महिला जेसीजले शैक्षिक सामग्री हस्तान्तरण गरेकाे छ । जेसीज सप्ताह २०२६ अन्तर्गत बिहिबार दाङ महिला जेसीजले घाेराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगी स्थित सरयू रात्री प्राथमिक विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेकाे हाे ।
दाङ महिला जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्माकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीकाे प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री हस्तान्तरण...
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली २०८३ स्वीकृत
दाङ, २९ जेठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्रिपरिषदबाट स्वीकृत गरिएको हो...














