घोराही ४ का वडा अध्यक्ष मधुसुदन शर्मा पदमुक्त
दाङ, २७ जेठ । निर्वाचन आयोगले दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्माको पद स्वतः रिक्त भएको जनाएको छ। शर्माले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भन्दै आयोगले कानुनी व्यवस्था अनुसार उक्त पद रिक्त भएको निर्णय गरेको हो।
सूचनामा उल्लेख भए अनुसार, २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट वडा...
नेसंविमा संस्कृत पाण्डुलिपि सम्पादन तालिम
दाङ, २६ जेठ । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)मा ‘संस्कृत पाण्डुलिपि सम्पादनः सिद्धान्त, विधि र प्रयोगात्मक अभ्यास’ बिषयक तालिम शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेसंवि अनुसन्धान केन्द्रले मंगलबारदेखि दाङको बेलझुण्डीस्थित केन्द्रीय आयुर्वेद विद्यापीठमा पाँच दिने तालिम शुरु गरेको हो ।
महत्वपूर्ण संस्कृत पाण्डुलिपिहरु सम्पादन गरी पौराणीक ज्ञान बाँड्न तालिम आयोजना गरिएको विश्वविद्यालयका उपकुलपति सुधनकुमार पौडेलले बताए । कतिपय...
संस्कृत विश्वविद्यालय र वनारस हिन्दु विश्वविद्यालयबीच सम्झौता
दाङ, २६ जेठ । नेपाल संस्कृत विश्वविद्यालय र भारतको वनारस हिन्दु विश्वविद्यालयबीच प्राज्ञिक ज्ञान आदानप्रदानका लागि सम्झौता भएको छ । संस्कृत विश्वविद्यालयका कूचलसचिव माधव अधिकारी, साँस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टिकाराम बुढा र वनारस हिन्दु विश्वविद्यालयका संस्कृत विद्या धर्मविज्ञान संकायका डिन राजाराम शुक्लाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै विश्वविद्यालयबीच बिभिन्न अध्ययन, अनुसन्धानका काममा सहयोग र सहकार्य गर्ने गरी मंगलबार...
जेसीज सप्ताहकाे चाैंथाे दिन युवासँग वित्तीय साक्षारता
घाेराही, २६ जेठ । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चाैंथाेदिन युवाहरुसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । युवाहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरि वित्तीय क्षेत्रमा सफल उद्यमी एवम् व्यवसायी बनाउनुुका साथै वित्तीय व्यवस्थापन गरि सहज जीवनयापन गर्न सचेत गराउने उद्देश्यले तालिम सञ्चालन गरिएकाे आयाेजकले जनाएका छन् ।
दाङ महिला जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्माकाे अध्यक्षता...
अम्बिका मावि हर्नाेकमा बाल क्लब पूनर्गठन
दाङ,२६ जेठ । दाङकाे घाेराही उप महानगरपालिका वडा नम्बर १ स्थित श्री अम्बिका माध्यमिक विद्यालय हर्नोक दाङमा बाल क्लब पूनर्गठन गरिएको छ ।
विद्यालयमा विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्ने, बालअधिकार सम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा विद्यालयका विभिन्न गतिविधिमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बाल क्लब गठन गरिएको विद्यालयले जनाएको छ। बाल क्लबमार्फत विद्यार्थीहरूमा जिम्मेवारी बोध, अनुशासन, सहकार्य, सिर्जनशीलता र...
महिला जेसीजद्वारा आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य विषयक प्रशिक्षण
घाेराही, २५ जेठ । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्राेदिन आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।
दाङ महिला जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्माकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भरतमणि अर्यालकाे प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि अर्यालले हरेक व्यक्तिले स्वस्थ जीवनशैली अपनाउँदै...
पहल थिएटर र घोराही बनाऔं अभियानबीच ऐतिहासिक सहकार्य
घोराही, २४ जेठ । घोराहीलाई कला, संस्कृति, साहित्य, शिक्षा, पर्यटन तथा सामाजिक चेतनाको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित पहल थिएटर (सामुदायिक कलाघर) र घोराही बनाऔं अभियानबीच औपचारिक सहकार्य सम्झौता भएको छ।
आइतबार आयोजित एक कार्यक्रममा पहल थिएटरका अध्यक्ष केएल बुढाथोकी र घोराही बनाऔं अभियानका संयोजक सबिन प्रियासन ले सहकार्य पत्रमा हस्ताक्षर गर्दै दुई संस्थाबीच दीर्घकालीन साझेदारीको घोषणा गर्नुभएको हो।
सम्झौताले घोराहीलाई...
रास्वपा दाङको सभापतिमा खनाल निर्वाचित
दाङ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा खनालले १ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
सभापतिका अन्य उम्मेदवारहरू बिनय घिमिरेले १ सय २४ मत, केदार रजौरेले ६ मत तथा किरणकुमार आचार्यले २ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, उपसभापति...
रास्वपा घोराही नगर सभापतिमा सुवेदी निर्वाचित
दाङ, १६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोराही नगर समितिको सभापतिमा खुसलराज सुवेदी निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न नगर अधिवेशनबाट प्रतिद्वन्दी मुनाल घिमिरेलाई भारी मतान्तरले पराजित गर्दै सुवेदी सभापतिमा चुनिनुभएको हो ।
निर्वाचन समितिका अनुसार विजयी सुवेदीले १५३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एवं घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष घिमिरेले ४८ मत मात्रै प्राप्त...
सञ्जीवनी अस्पतालद्धारा कपुरकोटमा निःशुल्क स्वास्थ्य शिविर
घोराही, १६ जेठ । ‘सबैको ख्याल राखौँ’ भन्ने मूल नारासहित दाङको घोराहीमा स्थापित ३०० शैयाको सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा कपुरकोट गाउँपालिका, सल्यानको संयुक्त आयोजनामा शुक्रबार कपुरकोट–३ घनवाङस्थित कपुरकोट आधारभूत अस्पतालमा एकदिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट एक हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्।
कार्यक्रमको उद्घाटन कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले गर्नुभएको थियो। उद्घाटन मन्तव्य...














