दाङ, १६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोराही नगर समितिको सभापतिमा खुसलराज सुवेदी निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न नगर अधिवेशनबाट प्रतिद्वन्दी मुनाल घिमिरेलाई भारी मतान्तरले पराजित गर्दै सुवेदी सभापतिमा चुनिनुभएको हो ।

​निर्वाचन समितिका अनुसार विजयी सुवेदीले १५३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एवं घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष घिमिरेले ४८ मत मात्रै प्राप्त गर्नुभयो ।

​अधिवेशनबाट नगर समितिको उपाध्यक्षमा प्रेम डिसी, सचिवमा खेम भण्डारी र सह-सचिवमा निम वली चयन हुनुभएको छ । त्यस्तै, अन्य सदस्यहरू पनि नयाँ कार्यसमितिमा चुनिनुभएको छ । रास्वपाले स्थानीय तहसम्म संगठन विस्तार गर्ने क्रममा घोराहीमा नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस