विभिन्न निर्णयसहित प्याब्सन घाेराहीकाे प्रअ भेला सम्पन्न

घाेराही, २९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीको आयाेजनामा प्रधानाध्यापक भेला शुक्रबार सम्पन्न भएकाे छ। प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् जिल्ला अध्यक्ष निर्मल न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएकाे भेलाले शैक्षिकसत्र २०८३ काे वार्षिक क्यालेन्डर अनुमाेदन गरेकाे छ। उपाध्यक्ष मानसिंह घर्ती संयाेजक, सचिव विमल भण्डारी र प्रवक्ता महेश बस्नेत सदस्य रहेकाे क्यालेन्डर निर्माण...

धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

दाङ, २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताउनुभएको छ । राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो । उहाँले देविकोट...

घोराही बनाऔं अभियानद्वारा बाल अस्पताल संरक्षण र सञ्चालन गर्न माग

दाङ, २९ फागुन। घोराही बनाऔं अभियानले घोराही–१६ सर्रामा रहेको बाल अस्पताल सञ्चालन र संरक्षण गर्न माग गरेको छ । अभियानको टोलीले अस्पतालको स्थलगत अनुगमन पश्चात् जिल्ला प्रशासन कार्यालय, सम्बन्धीत अस्पतालका पदाधिकारीहरुलाई भेटेर यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा पुगेको टोलीले अस्पतालको भवन  जीर्ण हुँदै गएको, अस्पताल परिसर झारजंगलले भरिएको र लामो समयदेखि अस्पताल बन्द हुँदा बाल...

अमेरिकी हस्तक्षेपबाट नेपालमा कठपुतली सरकार बन्ने खतरा : मोहन विक्रम सिंह

काठमाडौं, २७ फागुन । राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहन विक्रम सिंहले हालै सम्पन्न आम चुनाव अमेरिकी साम्राज्यवादको रणनीतिअनुसार भएको दाबी गर्दै त्यसबाट नेपालमा कठपुतली सरकार बन्ने आधार तयार भएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको प्रेस वक्तव्यमा २०८२ फागुन २१ गते सम्पन्न चुनाव अनावश्यक रहेको र त्यसको परिणामले देशको राष्ट्रियता, सार्वभौमिकता र शान्तिमाथि गम्भीर असर पार्ने चेतावनी दिनुभएको छ। वक्तव्यमा...

घोराही बनाऔं अभियानद्वारा महोत्सवमा स्थानीय कलाकार र विद्यार्थीलाई उचित स्थान दिन माग

घोराही, २७ फागुन । घोराही बनाऔं अभियानले बिहीबारदेखि घोराहीमा हुन लागि रहेको महोत्सवमा स्थानीय कलाकार, जिल्लाबाट बाहिर गएर स्थापित बनेका कलाकार एवं यहाँ विद्यालयका विद्यार्थीहरुलाई सांस्कृतिक कार्यक्रममा अनिवार्य सहभागि बनाउन माग गरेको छ । घोराही बनाऔं अभियानले आजदेखि घाराहीको झिंगौरा रतनपुरमा हुन लागि रहेको महोत्सवमा स्थानीय कलाकार र विद्यार्थीलाई अनिवार्य सहभागि बनाउन माग गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ...

विष्णुप्रसाद शर्मा घिमिरे स्मृति राेटरी क्विज सम्पन्न, गाेर्खा स्कुल प्रथम

घाेराही, २६ फाल्गुन । राेटरी क्लब अफ दाङद्वारा आयाेजित राेटरी हाजिरी जवाफ प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाे छ। स्वर्गीय विष्णुप्रसाद शर्मा घिमिरेकाे स्मृतिमा मंगलबार घाेराहीमा आयाेजित मावि स्तरीय राेटरी क्विज कन्टेस्ट २०२६ काे विजेता गाेर्खा स्कुल भएकाे हाे । उक्त प्रतियोगितामा माउन्ट भ्यू बाेर्डिङ स्कुल द्वितीय भएकाे छ भने मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल तृतीय भएकाे छ। यसैगरी...

दाङ महिला जेसीजद्वारा एकल तथा मजदुर महिलाहरु सम्मानित

घाेराही, २४ फाल्गुन। दाङ महिला जेसीजले एकल तथा मजदुर महिलाहरुलाई सम्मान गरेकाे छ। १६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा दाङ महिला जेसीजले आइतबार छ जना एकल तथा मजदुर महिलाहरुलाई सम्मान गरेकाे हाे । यसरी सम्मानित हुनुहुने एकल तथा विपन्न मजदुर महिलाहरुमा दाेर्जे दमाई, मनमाया केसी, जुठी घर्ती, मन्जु नेपाली, इन्द्रा सुनार र ठगी पुन रहनुभएकाे छ। उहाँहरुलाई नगद रकमसहित दाेसल्ला...

नेपालको समृद्धि र विकासमा नेवार समुदायको महत्त्वपूर्ण भूमिका: नेतृ शाक्य

घोराही, १९ फागुन । नेवार सेवा समिति घोराहीको २६ औँ स्थापना दिवस एवम् होली मिलन कार्यक्रम मङ्गलबार घोराहीमा सम्पन्न भएको छ। समितिका अध्यक्ष बिमलमान श्रेष्ठको अध्यक्षतामा एवम् पूर्व सांसद सुजिता शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले नेवार संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको समृद्धि र विकासमा नेवार समुदायको महत्वपूर्ण भूमिका...

ज्ञानमालाले गर्याे एसइइ विद्यार्थीलाई बिदाइ

घाेराही, १९ फागुन । घाेराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले एसइइ विद्यार्थीलाई बिदाइ गरेकाे छ। एसइइ परीक्षा २०८२ मा सहभागी हुने कक्षा दशका विद्यार्थीलाई साेमबार बिदाइ तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरि बिदाइ गरिएकाे हाे । विद्यालयका क्याप्टेन प्रनित रिजालकाे अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष चिजबहादुर चाैधरीकाे प्रमुख आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल महेश बस्नेतकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएकाे थियाे । कार्यक्रमका...

रास्वपा उम्मेदवार किशाेरीकाे उम्मेदवारी खारेज

धनुषा, १९ फागुन । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताउनुभएकाे छ । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी समेत रहेका किशोरी २०८० मा कालोसूचीमा...

ताजा समाचार