लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथी छलफल सुरु
दाङ, ८ जेठ । लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । शुक्रबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठकमा प्रदेशसभा सदस्यहरुले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना र उद्यम विकासलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
सदस्यहरुले सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका...
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविराज पाेख्रेल
दाङ, ८ जेठ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धामार्फत छविराज पोख्रेल नियुक्त भएका छन् । प्युठान झिमरुक गाउँपालिका-५ निवासी पोख्रेललाई शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद् बैठकले पोख्रेललाई नियुक्त गर्ने निर्णय...
ज्ञानमालाकाे कप्तानमा सृष्टि र उपकप्तानमा बचन निर्वाचित
घाेराही, ८ जेठ । घाेराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले विद्यालय कप्तान र उपकप्तानकाे निर्वाचन सम्पन्न गरेकाे छ।
विद्यार्थीहरुकाे नेतृत्व विकाससँगै नेतृत्व छनाैट र मतदान प्रक्रियाका विषयमा व्यवहारिक ज्ञान दिने उद्देश्यले निर्वाचन गरिएकाे विद्यालयले जनाएकाे छ। शैक्षिकसत्र २०८३ का लागि आफ्नाे नेतृत्व निर्वाचन प्रक्रियाबाट छनाैट गर्नका लागि भएकाे निर्वाचनमा कक्षा चारदेखि कक्षा दससम्मका दुई सय १ जना विद्यार्थीहरुमध्ये...
राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति भएको प्रदेश सभा सदस्य खत्रीको दावी
दाङ, ८ जेठ । लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्री ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक कनेक्सन र सेटिङका आधारमा भएको दावी गर्नुभएकाे छ ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनकाे दाेस्राे बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका खत्रीले विगतदेखि नै राजनीतिक पहुँच र सेटिङ मिलाउन सिपालु शर्मा यसपटक पनि राजनीतिक शक्तिकै आडमा प्रधानन्यायाधीश बन्न सफल भएको दावी...
सबैको भावना समेटेर जनमुखी बजेट ल्याउछाैं: मुख्यमन्त्री आचार्य
दाङ, ८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताउनुभएको छ ।
प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रुपमा अघि बढाइएको बताउनुभयो ।
उहाँले सबैको भावना...
योजना छनोटमा लुम्बिनी प्रदेश सरकार ‘निर्मम’ बन्ने
दाङ, ७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बिहिबार सम्पन्न प्रदेश समन्वय परिषद्को आठौं बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्य ले योजना छनोटमा प्रदेश सरकार ‘निर्मम’ बन्ने बताउनुभएको हो ।
मुख्यमन्त्री आचार्यले आयोजना बैंकको अवधारणालाई कार्यविधिमार्फत...
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने
दाङ, ७ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश...
व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमुना शहर निर्माण सम्भवः महासचिव पोख्रेल
दाङ, ५ जेठ। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरुयोजनाअनुसार विकास गर्न सके मात्र नमुना शहर निर्माण सम्भव हुने बताउनुभएको छ ।
नव निर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै सुरु हुने उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश यस मामिलामा देशका सातै प्रदेशमध्ये...
पाण्डवेश्वर मन्दिर धारपानीकाे उपाध्यक्षमा गाैतम र चाैधरी विजयी
दाङ, ५ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा शंकर गौतम र निमबहादुर चौधरी विजयी हुनुभएको छ।
आज सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा निमबहादुर चौधरीले २१८ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभएको हो भने अर्का उपाध्यक्षमा शंकर गौतम १९२ मतसहित निर्वाचित हुनुभएको छ।
त्यसैगरी उपाध्यक्ष पदकै प्रतिस्पर्धी सरस्वती खत्रीले १३२ मत प्राप्त गर्नुभएको...
दुग्ध विकास संस्थानको क्षमता विस्तारबारे छलफल
दाङ, ४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग सोमबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले दूध सहज रुपमा खरिद गर्नुपर्ने र किसानलाई समयमानै भुक्तानी गर्न ध्यानाकर्षण गराउनु भएको हो ।...














