Oplus_131072

घाेराही, ८ जेठ । घाेराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले विद्यालय कप्तान र उपकप्तानकाे निर्वाचन सम्पन्न गरेकाे छ।

विद्यार्थीहरुकाे नेतृत्व विकाससँगै नेतृत्व छनाैट र मतदान प्रक्रियाका विषयमा व्यवहारिक ज्ञान दिने उद्देश्यले निर्वाचन गरिएकाे विद्यालयले जनाएकाे छ। शैक्षिकसत्र २०८३ का लागि आफ्नाे नेतृत्व निर्वाचन प्रक्रियाबाट छनाैट गर्नका लागि भएकाे निर्वाचनमा कक्षा चारदेखि कक्षा दससम्मका दुई सय १ जना विद्यार्थीहरुमध्ये एक सय ९६ ले मतदान गरेका थिए ।

कप्तान र उपकप्तानका लागि शुक्रबार बिहान दस बजेसम्म उमेदवारी दिने समय तालिका रहेकाे थियाे । निर्धारित समयभित्र कप्तानका लागि कक्षा नाैंकी छात्रा सृष्टि केसीकाे एकल उमेदवारी परेकाे थियाे भने उपकप्तानका लागि चारजनाकाे उमेदवारी परेकाे थियाे। उपकप्तानमा कक्षा दसका बचन घर्ती मगर, कक्षा नाैंका सार्थक आचार्य, कक्षा आठका करिना जिसी र राहुल चाैधरीले उमेदवारी दिएका थिए । उपकप्तानका चारैजना उमेदवारलाई सहमतिका लागि आग्रह गरिए पनि सहमति जुट्न नसकेपछि मतदान प्रक्रियालाई अगाडि बढाइएकाे थियाे ।

कप्तानमा कक्षा नाैंकी सृष्टि केसी निर्विरोध निर्वाचित भएकीछिन भने उपकप्तानमा कक्षा दसका वचन घर्ती मगर निर्वाचित भएकाछन् । घर्तीले ९२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कक्षा आठकी छात्रा करिना जिसीले ५६ मत प्राप्त गरेकी थिइन । त्यसैगरी अर्का उमेदवार राहुल चाैधरीले २९ मत र सार्थक आचार्यले १९ मत प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस