धारपानी मन्दिरकाे उपाध्यक्ष चयनका लागि ५ गते मतदान हुने

दाङ, ४ जेठ । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । उपाध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । २ जना उपाध्यक्ष छनाैटका लागि भाेली निर्वाचन हुन लागेको हाे । बिहान साढे आठ बजेदेखि दिउँसाे साढे ३ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिएकाे छ । पाण्डवेश्वर मन्दिर परिसरमा रहेकाे...

५६ पदकसहित दाङले जित्यो लु्म्बिनी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङसिल्ड

दाङ, ३ जेठ । लुम्बिनी प्रदेश स्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि दाङले हात पारेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा सर्वाधिक पदक जित्दै दाङ प्रथम हुन सफल भएको हो । प्रतियोगिताको अन्तिम परिणाम अनुसार पदक तालिकाको शीर्ष स्थानमा रहँदै दाङले च्याम्पियनसिप ट्रफी चुमेको छ । बाँके जिल्ला उपविजेता बन्दा रुपन्देही तेस्रो स्थानमा समेटिएको छ । लुम्बिनी प्रदेश खेलकुद विकास...

हरेक क्षेत्रको नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्छ : प्रियासन

दाङ, ३ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रियासनले शिक्षा समाजको...

प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्था सम्वन्धि सेवा

दाङ, १ जेठ । लुम्बिनीका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्ला सहित ७ स्थानबाट सवारी दर्ता किताव नवीकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा बिस्तार गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले...

हारलाई सङ्कल्पमा बदल्नुपर्छ: शंकर पोखरेल

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, सङ्कल्पमा बदल्नुपर्ने बताउनुभएकाे छ। जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयाे। उहाँले नियमितरूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै यस...

धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव: मुख्यमन्त्री आचार्य

बर्दिया, २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ । श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले समाज रुपान्तरण गर्न, समाजमा रहेका बैरभाव अन्त्य गर्न तथा सकारात्मक सिद्धान्तलाई जनतास्तरसम्म...

घोराही खानेपानीको अध्यक्षमा ध्रुव के.सी. निर्वाचित

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा ध्रुव केसी निर्वाचित हुनुभएको छ । केसीले २५९६ मत प्राप्त गर्दा उहाँ प्रतिद्वन्दी किशाेर आचार्यले ६८० मत प्राप्त गर्नु भएको छ भने अध्यक्ष पदका अर्का उम्मेदवार सुमन शर्माले १५५ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा खुमा कुमारी खड्का, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टीकाराम वली बिजयी हुनुभएको...

नेसंवि ऐनमा पदाधिकारी नियुक्तिसम्बन्धी व्यवस्था सच्याउन माग

दाङ, २५ बैशाख– नेपाल संस्कृत विश्वविद्यालयका आधुनिक विषयका प्राध्यापकहरुले संस्कृत विश्वविद्यालय ऐनमा भएको पदाधिकारी नियुक्तिसम्बन्धी व्यवस्था सच्याउन माग गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री सस्मित पोख्रेलमार्फत कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको ज्ञापनपत्रमा नेपाल सरकारद्वारा हालै जारी अध्यादेश मार्फत संस्कृत विश्वविद्यालयको ऐन संशोधन गरी पदाधिकारीहरु नियुक्तिसम्बन्धी कतिपय दफा भेदभावपूर्ण बनाइएको उल्लेख छ । एउटै सेवा आयोगद्वारा परीक्षा लिई एकै प्रक्रियाद्वारा...

विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता: मुख्यमन्त्री आचार्य

रुपन्देही, २२ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै फरक क्षमता भएका विद्यार्थीलाई...

उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दाङ, २१ बैशाख । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई गरिब नागरिकलाई उठिबास गर्नु मानवअधिकारविपरीत हुने जनाएको छ । ज्ञापनपत्रमा सरकारले देशका विभिन्न स्थानमा, विशेषगरी लुम्बिनी प्रदेशका जिल्लामा उठिबाससम्बन्धी सूचना...

ताजा समाचार