लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
दाङ, २१ बैशाख । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो ।
उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।`सात प्रदेशमध्ये लुम्बिनी प्रदेश राजधानी निर्माण, नामाकरण र...
पत्रकार महासंघद्वारा नेपाल नगरपालिका सङ्घलाई ज्ञापनपत्र
दाङ, १५ बैशाख । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष...
पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
दाङ, १४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।
‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी पुरातात्विक सम्पदामा धनी पनि छौं । यी सम्पदाहरुलाई...
महिला जेसीजद्वारा मिडिया साक्षरता तालिम सञ्चालन
घाेराही, १४ बैशाख । दाङ महिला जेसिजको आयोजनामा “मिडिया साक्षरता” सम्बन्धी एकदिने तालिम सम्पन्न भएकाे छ । घोराही उपमहानगरपालिका १५ स्थित राप्ती शिक्षा क्याम्पसमा उक्त तालिमकाे आयाेजना गरिएको थियाे।
“सही सूचना, सही विचार र सही निर्णय” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सुरक्षित, सचेत र जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको शाखा अध्यक्ष अर्चना शर्माले बताउनुभयाे। तालिममा राप्ती...
धारापानी धामको साधारण सभा सम्पन्न
दाङ, १३ बैशाख । घोराही उपमहानगरपालिका -५ धर्नामा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारापानी धामको छैठौं अधिबेशन तथा १७ औं वार्षिक साधारणसभा सप्पन्न भएको छ।
समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षता एवम् मन्दिरका आजिवन ज्येष्ठ सदस्य ९१ वर्षीय पद्मप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा साधारणसभा भएकाे थियाे । समितिका उपाध्यक्ष शंकर गौतमले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मन्दिरको प्रतिवेदन अध्यक्ष गणेशकुमार अधिकारीले प्रस्तुत गर्नुभएको...
लुम्बिनी मन्त्रिपरिषद् बैठकः यी हुन् निर्णय
दाङ, ८ चैत्र । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा प्राइभेट फर्म दर्ता (पहिलो संशोधन) नियमावली, २०७६ र साझेदारी (पहिलो...
त्रिभुवननगर जेसीजकाे जेसीज सप्ताह सुरु
घाेराही, २ बैशाख। त्रिभुवननगर जेसीजले प्रत्येक वर्षझैं आयोजना गर्ने जेसीज सप्ताह–२०२६ को उद्घाटन समारोह बैशाख २ गते बुधबार घोराहीस्थित जेसीजको कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले ब्यानर पढेर उद्घाटन गर्दै सप्ताहको विधिवत् रूपमा सुरुवात गर्नुभएको हो।
त्रिभुवननगर जेसीज २०२६ का अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...
पत्रकारमाथि भएको दुर्व्यवहारप्रति प्रेस चौतारी दाङको आपत्ति
दाङ, ३० चैत्र । प्रेस चौतारी नेपाल दाङ शाखाले पत्रकारहरूमाथि गरिएको व्यक्तिगत अपमान र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हालै दाङको तुलसीपुरस्थित 'सजना मिष्ठान्न भण्डार' का विषयमा समाचार लेखेको भन्दै होटल सञ्चालकले पत्रकारको फोटो सार्वजनिक शौचालयमा टाँसेर अपमान गरेको घटनाको चौतारीले घोर भर्त्सना गरेको हो।
शाखा अध्यक्ष सुधासुमन ढकाल र सचिव निमुसंगम घर्तीद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति भए...
घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु
घाेराही, २५ चैत ।
मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८२ बुधबार घाेराहीमा उद्घाटन गरिएकाे छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भलिबल हस्तान्तरण गरि उद्घाटन गर्नुभएकाे प्रतियोगितामा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका टिम सहभागी भएकाछन् ।
प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले प्रदेशको शिर उँचो बनाएको बताउनु...
प्याब्सन घाेराहीद्वारा सदस्य मनाेनित, नयाँ सदस्य विद्यालयलाई स्वागत
घाेराही, २५ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले रिक्त रहेकाे सदस्य पदमा एक सदस्य मनाेनित गरेकाे छ। प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् पूर्व केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले दाङ विद्या सदन घाेराही १७ कर्जाहीका प्रिन्सिपल डिल्लीराज शर्मालाई कार्यसमिति सदस्यमा मनाेनित गरेकाे हाे।
बैठकले प्याब्सन घाेराही नगर कमिटीमा...














