घाेराही, २५ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले रिक्त रहेकाे सदस्य पदमा एक सदस्य मनाेनित गरेकाे छ। प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् पूर्व केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले दाङ विद्या सदन घाेराही १७ कर्जाहीका प्रिन्सिपल डिल्लीराज शर्मालाई कार्यसमिति सदस्यमा मनाेनित गरेकाे हाे।

बैठकले प्याब्सन घाेराही नगर कमिटीमा आवद्ध नयाँ थप चार सदस्य विद्यालयहरुलाई स्वागत गरेकाे छ। शैक्षिकसत्र २०८२ काे उत्तरार्धमा घाेराही ७ साैडियारमा रहेकाे विद्याकुञ्ज इङलिस बाेर्डिङ स्कुल, घाेराही ६ बेरगैंमा रहेकाे बहुआयामिक शिक्षा सदन, घाेराही १५ मा रहेका दाङ सनराइज एकेडेमी र टाइनी टट्स एकेडेमी प्याब्सन घाेराहीमा आबद्ध भएकाछन् । निजी तथा संस्थागत विद्यालयहरुलाई प्याब्सनमा संगठित गरि उनीहरुलाई संरक्षण र सम्बर्द्धनमा अगाडि बढेकाे प्याब्सन घाेराहीले हालसम्म ८७ निजी विद्यालयलाई संगठनमा आबद्ध गरेकाे छ।

बैठकले नेपाल सरकारले हालै जारी गरेकाे निर्देशन बमाेजिम शैक्षिकसत्र २०८३ का शैक्षिक गतिविधिहरु सञ्चालन गर्न सदस्य विद्यालयहरुलाई आग्रह गरेकाे छ। बैठकमा प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद् सदस्यद्वय यादव गिरी, अरुण शर्मा, पूर्व केन्द्रीय सदस्यहरु जीवन आचार्य, विनयकुमार मिश्र, जिल्ला अध्यक्ष निर्मल न्याैपाने लगायतले निजी विद्यालयले अवलम्बन गर्नुपर्ने संवैधानिक अधिकार, नेपाल सरकारकाे निति, निर्देशन तथा कानुनी प्रावधान, शिक्षण सिकाइमा परिमार्जन लगायतका विषयमा धारणा राख्नुभएकाे थियाे ।

नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे बैठककाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस