राष्ट्रिय सभा निर्वाचन लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित

दाङ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीनवटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपाङ्गता तर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ निर्वाचित झाक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी...

मुलुकलाई दुर्घटनाबाट जोगाउन निर्वाचनलाई सदुपयोग गरौँ–महासचिव पोखरेल

घाेराही, १० माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गर्नुुभएकाे छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको संयोजन तथा महासंघ जिल्ला समिति दाङको आयोजनामा घोराहीमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गएको दाबी गर्नुभयाे। उहाँले सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र...

सनराइज एकेडेमीमा रक्तदान, आइतबार वार्षिकोत्सव

घाेराही, १० माघ । घाेराही उपमहानगरपालिका १२ हापुर तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ। माघ ११ गते आइतबार आफ्नाे १५ औं वार्षिकोत्सव मनाउन लागेकाे सनराइज एकेडेमीले शनिबार रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे । शिक्षासँगै समाज र मानव सेवाप्रति उत्तरदायी भूमिका निर्वाह गर्न विद्यालयले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे विद्यालयका प्रिन्सिपल टिकाराम केसीले बताउनुभयाे । रक्त सञ्चार...

पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण

घाेराही, ७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगरले पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण दिएकाे छ । प्याब्सन घाेराहीकाे बृहत बाल उत्सवका रुपमा रहेकाे दाेस्राे प्याब्सन घाेराही किड्स ओलम्पियाड २०८२ लाई भव्य, सभ्य र उल्लासमय तरिकाले सम्पन्न गर्न पूर्व प्राथमिक तहका संयाेजकहरुकाे भेला गरि प्रशिक्षण दिइएकाे थियाे । माघ १७ गते तुलसीपुर १८ बेलझुण्डी स्थित रङ्गशालामा सञ्चालन...

वक्तृत्वकला प्रतियोगितामा ज्ञानमालाकी अदिति केसी प्रथम

दाङ, ६ माघ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले घोराहीमा आयोजना गरेको मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीकी कक्षा १० की छात्रा अदिति केसी प्रथम हुनुभएको छ । संघका संस्थापक खगेन्द्र बहादुर बस्नेतको ९८ औं जयन्तीका अवसरमा आयोजित ‘नेपालमा अपांगताको अवस्था र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोर्खा मावि घोराहीकी कक्षा ११ की छात्रा सुप्रिया शर्मा...

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

दाङ । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशव्यापी युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशस्तरीय युवा परिचालन समितिको बैठकले जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा डिजिटल युवा दस्ता गठन गरी संगठित रूपमा युवा परिचालन अघि बढाउने निर्णय गरेको हो । बैठकले निर्वाचन लक्षित युवा परिचालन कार्यविधि पारित गर्दै भौतिक उपस्थितिसँगै डिजिटल प्लेटफर्मको अधिकतम प्रयोग गर्ने...

कांग्रेस मिल्नु नै लाेकतन्त्रका लागि फाइदा : शंकर पाेख्रेल

विमल याेगी दाङ, १ माघ । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पाेख्रेलले नेपाली कांग्रेसलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । लाेकतन्त्रमा दलहरू फुट्नु भन्दा जुट्दा फाईदा हुने भन्दै उहाले कांग्रेसमा देखिएकाे विवादले लाेकतन्त्रमा गम्भीर असर पुग्ने बताउनुभयाे । प्रेस चाैतारी दाङले घाेराहीमा आयाेजना गरेकाे पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रममा बाेल्दै महासचिव पाेख्रेलले रवि लामिछानेकाे मुद्दा फिर्ता लिने जस्ता गतिविधिले सरकार...

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य

बुटवल, २९ पाैष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व...

राष्ट्रपति रनिङ सिल्ड माघ २७ देखि

घाेराही, २८ पाैष । राष्ट्रपति रनिङ सिल्ड २०८२ सञ्चालनका विषयमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएकाे छ। घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र पुनकाे अध्यक्षतामा बसेकाे बैठकले माघ २७ देखि फाल्गुन १ गतेसम्म चारदिनसम्म राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गर्ने निर्णय गरेकाे छ। खेल अवधिभर हरेक दिन बिहान दस बजेदेखि खेल सञ्चालन गर्ने प्रधानाध्यापकहरुकाे बैठकले निर्णय गरेकाे छ। सिद्ध...

प्याब्सन घाेराहीले किड्स ओलम्पियाड गर्दै

घाेराही, २८ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा दाेस्राे प्याब्सन घाेराही किड्स ओलम्पियाड सञ्चालन हुने भएकाे छ। बाल उत्सवका रुपमा मनाइने किड्स ओलम्पियाडमा कक्षा एल्.के.जी. देखि कक्षा एकसम्मका बालबालिकाहरुले विभिन्न खेल तथा नृत्य प्रदर्शन गर्नेछन् । प्याब्सन घाेराही नगर कमिटिकाे आयाेजनामा साेमबार बसेकाे प्रिन्सिपलहरुकाे बैठकले माघ १७ गते बेलझुण्डी स्थित रङ्गशालामा किड्स ओलम्पियाड...

ताजा समाचार