विमल भण्डारी
घाेराही, ८ चैत। घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित जय हनुमान टोल विकास संस्थाको १६ औं साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विमल भण्डारीको अध्यक्षता तथा वडा नम्बर १७ का वडा अध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यतामा भएको सभाले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
गोपाल प्रसाद शर्माको अध्यक्षतामा गठित नयाँ कार्यसमितिकाे उपाध्यक्षमा रमिला भुसाल, सचिवमा सुष्मा चौधरी, कोषाध्यक्षमा जित बहादुर चौधरी रहनुभएकाे छ। यसैगरी सदस्यहरुमा बलबहादुर नेपाली, लक्ष्मी चौधरी र कमला पार्धे चयन हुनुभएको छ।
संस्थाका उपाध्यक्ष भेषराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले वडाकै नमुना टोल भएको प्रस्ट्याउनु भएको थियो। उहाँले यस टोलले विकासका काममा आएको बजेटलाई समयमै चुस्तदुरुस्त सम्पन्न गर्ने काम गरेकोमा प्रसशां गर्नुभयाे। उहाँले निर्माणाधीन अवस्थामा रहेको टोलको भवनलाई पुर्णता दिनका लागि आफ्नो तर्फबाट हरप्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा टोलका सल्लाहकारको तर्फबाट हरि सुवेदीले वडा तथा नगरले यस टोललाई माया गरेर यो अवस्थामा पुर्याउन सहयोग गरेकोमा आभार प्रकट गर्नुभयाे।
कार्यक्रममा संस्थाका सचिव कृष्ण सुवेदीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुष्मा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सचिव कृष्ण सुवेदीले गर्नुभएको थियो।












