घाेराही, १६ साउन । त्रिभुवननगर जेसीज र प्याब्सन घाेराहीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ । कनेक्ट, एक्ट एण्ड सस्टेन थिममा रहि त्रिभुवननगर जेसीजले प्याब्सन घाेराहीसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयाेजना गरेकाे थियाे ।

त्रिभुवननगर जेसीजका अध्यक्ष जेसी मिनराज भाटकाे अध्यक्षता एवम् प्याब्सन घाेराही नगर कमिटीका सल्लाहकार धर्म बहादुर केसीकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता भएकाे थियाे । त्रिभुवननगर जेसीज र प्याब्सन घाेराहीबिच भएकाे उक्त मैत्रीपूर्ण प्रतियोगितामा त्रिभुवननगर जेसीजले प्याब्सन घाेराहीलाई २५-२१ र २५-१७ काे साेझाे सेटमा पराजित गरेकाे थियाे । उक्त प्रतियोगितामा त्रिभुवननगर जेसीजका तर्फबाट पूर्व अध्यक्ष जेसी माधव पाैडेल, जेसी हिमाल पाैडेल, जेसी पुष्प सुवेदी, जेसी अभिषेक बाेहरा, जेसी किरण न्याैपाने, जेसी मिनेश श्रेष्ठ, जेसी कपिल बुढाथोकी र जेसी तेज बाेहरा सहभागी हुनुभएको थियाे । प्याब्सन घाेराहीकाे तर्फबाट खेलाडीहरु धर्मबहादुर केसी, केशरमान बुढाथोकी, विमल भण्डारी, चित्रबहादुर घर्ती, शिव भण्डारी र महेश बस्नेत रहनुभएकाे थियाे । रेफ्रीकाे भूमिकामा नेपाल भलिबल एशाेसियनका काेच दिलमाया बाेहरा रहनुभएकाे थियाे ।
प्रतियोगिताकाे समापन समाराेहमा जेसी महेश बस्नेतले आस्था पाठ, कार्यक्रम संयाेजक जेसी कृष्णदेव थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियाे भने कार्यक्रमकाे सहजीकरण महासचिव जेसी चुडामणि पाण्डे (बाबुराम) ले गर्नुभएको थियाे ।












