घोराही, १४ पुस । चोरी मुद्दामा जेल सजायसहित जरिवाना तोकिएका एकजनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके जिल्ला अदालतले २०७३ असोज ९ गतेका दिन चोरी मुद्दामा एक महिना कैद र एक लाख १० हजार ३ सय रुपैयाँ जरिवना हुने ठहर भएका घोराही १८ फुर्सेखालीका रमण बुढामगरलाई दाङ प्रहरीले पक्राउ गरेको हो ।
चोरी पछि फरार रहेका बुढामगरलाई दाङ देउखुरी जिल्ला अदालतको आदेशअनुसार घोराही कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

