घोराही, भाद्र ८ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजना एवम् विद्यालयको व्यवस्थापनमा आयोजित उक्त रक्तदान कार्यक्रममा १६ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।

जिल्लामा बिरामीहरुको चाप बढिरहेको र रक्तरञ्चार केन्द्रमा रगतको अभाव भइरहेको अवस्थामा विद्यालयले रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल केशवराज गिरीले जानकारी गराउनुभयो ।उक्त कार्यक्रममा शिक्षक, शिक्षिका, कर्मचारी, संस्थापक र अभिभावकहरुले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा संस्थापकहरु रामहरी शर्मा, बासुदेव पोख्रेल, चूर्णबहादुर बस्नेत, नारायण पोख्रेल, विद्यालयका प्रिन्सिपल केशवराज गिरी, भाइस प्रिन्सिपल महेश बस्नेत, लेखापाल कविराज के.सी.ले रक्तदान गर्नुभएको थियो ।

त्यसैगरी, शिक्षक शिक्षिकाहरु बिमला के.सी., शारदा भण्डारी, कमलप्रसाद शर्मा, कमलकृष्ण रिजाल, रुपक नेपाली, बिना के.सी., एलिजा के.सी., कर्मचारी रणबहादुर बाँठा र अभिभावक सञ्जिता सुनुवारले रक्तदान गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस