सल्यान, २५ भदौ । सल्यानमाभएको जिप दुर्घटनामा एक दम्पत्तीको मृत्युभएको छ । सल्यानको बागचौरबाट दाङतर्फ आउँदै गरेको लु १ च ५६६४ नम्बरको जिप सोमबार बिहान शारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको हो ।

दुर्घटनामा बागचौर नगरपालिका १० मोख्लाका हुकुमी बिकको घटना स्थलमै र घाइते उहाँका श्रीमान् बलबहादुर विकको उपचारका लागि नेपालगञ्ज लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा परी गाडी चालक २२ बर्षिय कमल विक सामान्य घाइते भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस