घोराही, २६ भदौ । चाडपर्वहरुलाई सभ्य र सन्तुलितरुपमा मनाउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । हिन्दू महिलाहरुको महान चाड तीजको अवसरमा घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित नेपाल जुनियर रेडक्रस सर्कल र बाल क्लवको संयुक्त आयोजनामा आयोजित तीज विशेष कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल केशवराज गिरीले हिन्दू महिलाहरुको महान चाड तीजलाई सभ्य तरिकाले मनाउन हिन्दू महिलाहरुलाई आग्रह गर्नुभयो । अहिले चाडपर्वलाई देखासिकी एव‌ं खर्चिलो तरिकाले मनाइरहेको हुँदा भावी सन्ततिले पर्वहरु मनाइनुको अर्थ नबुझ्ने स्थिति सिर्जना हुने बताउनुभयो ।
यसैगरी विद्यालयका भाइस प्रिन्सिपल महेश बस्नेतले चाडपर्वहरुलाई तिनको मर्म अनुरुप नमनाइएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अहिलेको पिँढीले चाँडपर्वलाई पर्वको रुपमा नभई आर्थिक शान, गरगहना तथा महंगा कपडाहरु प्रदर्शन गर्नतर्फ केन्द्रित भएको भन्दै उहाँले पर्वहरुलाई आफ्नो आर्थिक अवस्थाअनुसार मनाउन आग्रह गर्नुभयो । जुरेसका शिक्षक नायक अमृत घर्तीमगरले तीज पर्वलाई भड्किलो रुपमा नभई सभ्य र आफ्नो आर्थिक क्षमता अनुरुप मनाउन जोड दिँदै चाडपर्वमा विकृतिहरु भित्रिरहेको हुदाँ त्यसतर्फ अहिलेको पुस्ता सजग रही भावि पुस्तालाई समेत सचेत र सजग बनाउन आग्रह गर्नुभयो ।बाल क्लवका अध्यक्ष सुदीप बस्नेतको अध्यक्षतामा आयोजित तीज विशेष कार्यक्रममा जुरेसकी सहयोगी शिक्षिका सविना बस्नेत, शिक्षक कमलप्रसाद शर्मा, जुरेसकी कोषाध्यक्ष सुस्मिता डाँगीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण जुरेसका सचिव किसन खड्काले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस