दाङ, ८ असोज । सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरुले जेष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन खाद्यान्न सहयोग गरेका छन् ।
सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित बृद्ध सेवा समितिमा पुगेर उनीहरुले दैनिक उपभोग्य वस्तुहरु हस्तान्तरण गरेका हुन् । सिभिल बैंक तुलसीपुर शाखाका अप्रेसन इञ्चार्ज यज्ञराज विनाडीले कर्मचारीहरुले आपसमा रकम  संकलन गरी जेष्ठ नागरिकलाई सहयोग प्रदान गरेको जानकारी दिनुभयो । बैंकका प्यूठान विजुवार शाखा प्रमुख नवीन डाँगी, सल्यान शाखाका नवीन कडायतले व्यक्तिगत सहयोग गरेको र अन्य रकम तुलसीपुर शाखाका कर्मचारीहरुबाट  संकलन गरिएको विनाडीले बताउनुभयो ।रझेनामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै सिभिल वैंक तुलसीपुर शाखाका कर्मचारी सुशील गौतमले कर्मचारीहरुले खाजा खर्च कटाएर संकलन गरेको दश हजार बढी रकमबाट जेष्ठ नागरिकलाई चामल, दाल, तेल, तयारी खाना प्रदान गरिएको बताउनुभयो । ‘तपाईं हाम्रा आमाबाबु समान जेष्ठ नागरिक जो ज्यूँदो इतिहास हुनुहुन्छ, उहाँहरुलाई  सहयोग गर्नु हरेक युवाहरुको कर्तव्य हो’ गौतमले भन्नुभयो । उहाँले हुनेहरुले आफूसँग भएको मध्ये थोरै चिजवस्तु मात्रै अरुसँग बाँड्न सके समाजमा खुसी छाउने धारणा राख्नुभयो ।
कर्यक्रमलाई सम्वोधन गर्दै बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले अशक्त अवस्थाका जेष्ठ नागरिकलाई सहयोग गरेकोमा सिभिल बैंकका कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो । ‘जेष्ठ नागरिकलाई सबैले माया र सम्मान व्यक्त गर्न आवश्यक छ’ अधिकारीले भन्नुभयो । उहाँले रझेनास्थित बृद्धाश्रममा केही नभएका र कोही नभएका जेष्ठ नागरिकलाई समितिले गास, बासको व्यवस्था गर्दै आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस