दाङ, ८ असोज । शान्ति निकेतन विद्यालय घोराहीमा स्पोर्टस् क्लव गठन गरिएको छ । विद्यालयमा अध्ययनरत खेलाडीहरुको सोमबार सम्पन्न भेलाले प्रकाश खनालको अध्यक्षतामा स्पोर्टस् क्लव गठन गरेको हो ।

क्लवको उपाध्यक्षमा याश्मिन मन्सुरी, सचिवमा प्रविण चौधरी र कोषाध्यक्षमा अरुण चौधरी रहनुभएको छ । क्लबको सदस्यमा यमुना पौडेल, रुपेश पोख्रेल, सुजाता पोख्रेल, अर्मान रङ्रेज, अनष खान, संगीता अधिकारी, दक्ष ठाकुर, प्रितम पोख्रेल, टेकेन्द्र गुरुङ, उमङ्ग श्रेष्ठ, महेन्द्र केसी, परिण ठाकुर, दिक्षा गैरे र दिनु खड्का रहनुभएको छ ।

क्लवकोे संरक्षकमा विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेल रहनुभएको छ भने सल्लाहकारमा खेल शिक्षक केशव अधिकारी, जुनियर रेडक्रस सर्कलका अध्यक्ष साजना थारु कुमाल, क्याप्टेन ममता बस्नेत, भाइस क्याप्टेन सुदन भण्डारी रहनुभएको छ ।

विद्यालयका क्याप्टेन ममता बस्नेतको अध्यक्षता एवं प्रिन्सिपल खगेश्वर पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यालयका भाइस प्रिन्सिपल टीका बस्नेत, अनुशासन इञ्चार्ज सन्देश केसी, खेल शिक्षक केशव अधिकारीलगायतले बोल्नुभएको थियो । भाइस क्याप्टेन सुदन भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण रेडक्रस सर्कलका अध्यक्ष साजना थारु कुमालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस