दाङ, १५ असोज । घोराहीमा महामानव बिपी कोइरालाको शालिक निर्माण गर्न सुरु गरिएको छ । जिल्लाको सदरमुकाम घोराहीमा बिपीको शालिक निर्माण गर्न सुरु गरिएको हो । नेपाली कांग्रेसले घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा बिपीको शालिक निर्माण सुरु गरेको हो ।
सोमवारदेखि शालिक निर्माणको कार्य सुरु भएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले शालिक निर्माणको संयोजन गरेको छ ।
करिब १७ लाखको लागतमा शालिक तयार गरिने क्षेत्रीय सभापति भूपबहादुर डाँगीले जानकारी दिनुभयो । मंसिर मसान्तसम्म शालिकको निर्माण सकिने पनि उहाँले बताउनुभयो । २०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बोर्ड बैठकले सो स्थानमा शालिक निर्माणका लागि निर्णय गरेको थियो ।
२०७१ साल साउन ६ गते नेपाली कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काले शालिकको शिलन्यास गर्नुभएको थियो । शालिक तयार भइसकेको कांग्रेसले बताएको छ । शालिक निर्माणका लागि सहयोग गर्न सम्पूर्णमा कांग्रेस दाङले अनुरोध गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस