घोराही, १८ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँच नम्वर प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरुको क्षमता अभिवृद्धिसम्वन्धी दुईदिने तालिम बिहीवारदेखि घोराहीमा सुरु भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इएलपी कार्यक्रमअन्तर्गत गठन भएका बालअधिकार चेतना समूहका सदस्यहरु र शिक्षक संरक्षकहरुलाई तालिम दिन लागिएको हो । तालिममा मावि गोग्ली, मावि झिङ्नी, जयशेर मावि रावतगाउँ र मावि जजरागाउँका २० जना बालवालिका, ४ जना शिक्षक संरक्षक र एकजना जिल्लास्तरीय युवा सञ्जालबाट सहभागिता छ ।तालिममा इन्सेक अभियान, मानवअधिकार अवधारणा, बालअधिकार र नेपालको संविधान २०७२ मा शिक्षाको अधिकार, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, बाल भित्तेपत्रिका प्रकाशन र बालअधिकार प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयमा अभिमुखिकरण गरिने कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले जानकारी दिनुभयो ।

तालिममा इन्सेक प्रदेश संयोजक भोला महत, जिल्लास्तरीय मानवअधिकार निगरानी समूहका संयोजक केशवकुमार शर्मा, उपप्राध्यापक दुर्गालाल केसी र पत्रकार शरद अधिकारीले सहजीकरण गरिरहनुभएको छ । तालिममा २५ जनाको सहभागिता रहेको इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस