घोराही, २१ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले ११ सदस्यीय संघर्षशील बाल सञ्जाल गठन गरेको छ । वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको बाल भेलाले उषा कवँरको अध्यक्षतामा ११ सदस्यीय संघर्षशील बाल सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्षमा रविन चौधरी, सचिवमा प्रदीप गन्धर्ब, कोषाध्यक्षमा शुष्मा लामिछाने चयन हुनुभएको छ । त्यसैगरी सञ्जालको सदस्यहरुमा चन्दन रावत, सर्मिला चौधरी, खुमराज रेउले, कृष्ण वली, श्रीकृष्ण बस्नेत, जगदीश चौधरी र शिवा गन्धर्व चयन हुनुभएको छ ।
वडास्तरीय उक्त बाल सञ्जालको बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार दिउँसो २ बजे बस्ने सञ्जालले निर्णय गरेको छ । बालबालिकाको हक अधिकारलाई बालबालिकाहरुबाटै बुझाउन र वडास्तरीय गतिविधिमा संलग्न गराउनका लागि बाल सञ्जाल गठन गरिएको वडा अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस