घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयले प्रवाह गर्ने सेवा र कार्य सम्पादनलाई प्रभावकारी बनाउन पदाधिकारीसहित कर्मचारीहरुलाई तालिमको दिएको छ । वडा कार्यालयले कर्मचारी तथा पदाधिकारीहरुको क्षमता विकासका लागि ४ दिने तालिमको आयोजना गरेको हो ।

वडा अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको विशिष्ट आतिथ्यतामा तालिमको सुरुवात गरिएको हो । तालिमको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले सीप, ज्ञान र दक्षताले मात्रै कार्य सम्पादनमा छिटोछरितो हुने बताउनुभयो । जनतालाई छिटो छरितो सेवा प्रवाह गर्नुका साथै कार्यालयबाट हुने अन्य विकास निर्माणका काममा कर्मचारी र पदाधिकारीहरु जानकार हुनैपर्ने बताउनुभयो ।

आफू सक्षम र दक्ष भए मात्रै कानुन बमोजिम तोकिएका कार्य सम्पादन गर्न सकिने भन्दै उहाँले तालिमले सेवा प्रवाहमा सहयोगी बन्ने उल्लेख गर्नुभयो । नयाँ अभ्यासको संस्थागत गर्ने क्रममा रहेको भन्दै उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर नै सामाजिक, मानसिक, भौतिक विकास गर्न सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नु नै कर्मचारी र पदाधिकारीहरुको जिम्मेवारी भएको बताउनुभयो । काममा दक्ष भए मात्रै नागरिकले छिटोछरितो सेवा पाउने उहाँको भनाइ छ । वडा अध्यक्ष डाँगीले जनताकै समृद्धि र वडाको विकासका लागि पहिले दक्ष बन्नुपर्ने देखिएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो । वडा सदस्य लक्ष्मी लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव थानेश्वर न्यौपानेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस