घोराही, ३० कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. २ ले वडाका विभिन्न सामुदायिक वनमा अनुगमन गरेको छ । सामुदायिक वनमा काठ एवं वन्यजन्तुहरुको अवैध चोरी शिकारी भइरहेको भन्ने सूचना पाएपछि जनप्रतिनिधि एवं सामुदायिक वनका अध्यक्षसहितको टोलीले अनुगमन गरेको हो ।

टोलीले वडाका शिवशक्ति सामुदायिक वन, सरसू सामुदायिक वन, बबई महिला सामुदायिक वन, चरिङ्गे सामुदायिक वन र गौरी सामुदायिक वनको अनुगमन गरेको वडा नं. २ का अध्यक्ष केशवकुमार आचार्यले जानकारी दिनुभयो । अनुगमनका क्रममा सरयू सामुदायिक वनमा एउटा सालको रुख काटेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । स्थानीय केही व्यक्तिहरु रातको समयमा वनमा गई काठको चोरी निकासी गरिरहेको हुँदा त्यसलाई रोक्न अनुगमन गरिएको उहाँले बताउनुभयो । चोरी शिकारी गर्ने व्यक्तिको पहिचान नभए पनि अबका दिनमा चोरी शिकारी रोक्न वनका पदाधिकारी एवं स्थानीयलाई सक्रिय हुन निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।

वडा नं. २ मा सातवटा सामुदायिक वन रहेका छन् । ती वनहरुमा हरिण, राते, बदेल, मृगलगायतका पशुपक्षीहरुको समेत बसोबास रहेको छ । पछिल्लो चरणमा पशुपंक्षीहरुको अबैध शिकार गर्ने क्रम बढेको हुँदा त्यसलाई रोक्न स्थानीयहरुलाई जागरुक हुन समेत उहाँले आग्रह गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस