घोराही, १२ जेठ । कम्युनिष्ट नेता घोराही उपमहानगरपालिका १२ हिलेखर्क निबासी भानु गौतमको १२औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङले स्वर्गीय गौतमको शनिबार उहाँकै घरमा श्रद्धाञ्जलीसभा गरेको हो ।
श्रद्धाञ्जलीसभामा बोल्ने नेताहरुले तत्कालिन नेकपा एमाले दाङ जिल्ला सल्लाहकार कमिटीका सदस्य गौतमको निधनले बामपन्थी कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश न‌ं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कम्युनिष्ट आन्दोलनका धरोहर भानु गौतमको निधनले ठूलो क्षति पुगेको बताउनुभयो ।गौतमका योगदान अमर रहने भन्दै उहाँले उहाँको अभावमा उहाँका गुणबाट प्रेरित हुनुपर्ने बताउनुभयो । भानुजस्ता व्यक्तिहरुको योगदानले अहिले कम्युनिष्ट पार्टी विशाल बन्न सकेको भन्दै पोख्रेलले उहाँका योगदान र त्यागलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष नारायण आचार्य, पेशगात महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दामोदर बस्नेत, गौतमका सहपाठी सूर्यराज गौतम, मीनराज शर्मा लगायतले उहाँको योगदानको चर्चा गर्नुभएको थियो ।
केही समयदेखि बिरामी पर्नुभएका गौतमको जेठ १ गते काठमाण्डौँमा उपचारका क्रममा निधन भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस