घोराही, २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यवस्था फेरिए पनि दलहरुमा राजनीतिक संस्कार फेरिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । प्रगतिशील पत्रकार संघ दाङले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राजनीतिक संस्कार नफेरिदा गणतन्त्र नै खतरामा परेको बताउनुभयो ।

संविधानमै समाजवाद उन्मुख उल्लेख गरिएको छ तर शक्तिशाली बाम सरकारले ल्याएको वजेट पुरानै ढर्राको छ अध्यक्ष केसीले भन्नुभयो,– व्यवस्थामात्रै फेरियो, प्रवृत्ति फेरिएन, यस्तो वजेटले समाजवाद आउँदैन । उहाँले शक्तिशाली सरकारले देशमा व्याप्त भ्रष्टाचार र महंगी नागरिकले महसुश गर्नेगरी नियन्त्रण गर्न नसकेको बताउनुभयो ।

तीन तहको सरकार बनाएर झन धेरै भ्रष्टाचार र जनतालाई महंगीमात्रै थपिएको भन्दै यसमा जनप्रतिनिधिहरुले पनि काम गर्न नसकेको बताउनुभयो । आफू मन्त्री हुँदा भोग्नु परेको गलत राजनीतिक संस्कारका घटना सुनाउदै पूर्व उपप्रधान तथा सहकारी मन्त्री समेत रहनुभएका केसीले भन्नुभयो,– अझै पनि राजनीतिमा देखिएका गलत प्रवृत्ति गएको छैन र बदल्न पनि सकिएन ।

अध्यक्ष केसीले देशले संघीयता धान्न नसक्ने दोहो¥याउदै आर्थिककारणले नै नेपालमा संघीयता ढिलो चाडो असफल हुने दावी गर्नुभयो । जातीय राज्य हुनबाट देशलाई जोगाउन सफल भएपनि संघीयतामा जानबाट रोक्न सकिएन अध्यक्ष केसीले भन्नुभयो,– लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्ने हो भने संघीयता खारेज गर्नुपर्छ ।

अध्यक्ष केसीले सरकार अधिनायकवादतर्फ गयो भन्ने निष्कर्षमा आफू नपुगेको भन्दै तर जनहितमा राम्रो काम गर्ने संकेत पनि नदेखिएको बताउनुभयो । उहाँले डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै उठाएका माग संवोधनकालागि गम्भीर हुन सरकारसंग आग्रह गर्नुभयो ।

कम्युनिष्ट पार्टी एकताबारे पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिदै अध्यक्ष केसीले नीति, सिद्धान्त, कार्यक्रम र व्यवहार मिल्ने संग एकता गर्न सकिने बताउनुभयो । तर नेपाल कम्युनिष्ट पाटी (नेकपा) र विप्लव नेतृत्वको नेकपालगायतका बाम पार्टीसंग तत्काल पार्टी एकता सम्भव नरहेको बताउनुभयो । यद्यपी जनहितका कामका सवालमा देशका जुनसुकै शक्तिसंगपनि कार्यगत एकता हुनसक्ने अध्यक्ष केसीको भनाई थियो । कार्यक्रम संघका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस