घोराही, २९ चैत । दाङ जिल्ला खेलकुद विकास समितिले १०औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । बिहीबार समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले वैशाख ६ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको उद्घाटन गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट आउनु हुने भएको छ । सोही अवसरमा तुलसीपुर–६ स्थित मल्टिप्रपोज कभर्ड हलको शिलान्यास पनि सदस्य सचिवले नै गर्ने कार्यक्रम रहेको खेलकुद विकास समितिका सदस्य बोधिकिरण महराले जानकारी दिनुभएको छ ।

बैठकले कार्यक्रमलाई व्यवस्थित गराउन तेक्वान्दोतर्फ रेमन्त राणा, कराँतेतर्फ तिलक रावत, एथलेटिक्सतर्फ बोधिकिरण महरा, कपर्दीतर्फ मीना गुरुङ, भलिबलतर्फ टोपेन्द्र थापा र सचिवालयका लागि डिल्लीबहादुर डाँगीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरुलाई २०७५ वैशाख ४ गतेसम्ममा दर्ता गराइसक्न समितिले आग्रह गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस