घोराही, १८ वैशाख । नेपाल औषधि बिक्री प्रतिनिधि संघ दाङले मजदुर दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको छ । संघअन्तर्गतका विवाहित र अविवाहितका बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको हो ।
घोराही उपमहानगरपालिका १७ गुलरिया क्रिकेट मैदान भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा विवाहित समूह ११ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विवाहित समूहले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै एक सय ४८ रन जोडेको थियो ।
विवाहित समूहको तर्फबाट तुफान अधिकारीले ३५, राजन आचार्यले ३३, सञ्जय चौधरीले २२ र सागर शर्माले १७ रन जोड्नुभयो । एक सय ४९ रनको लक्ष्यसहित मैदान उत्रिएको अविवाहित समूहले १७ ओभरको खेलमा सबै विकेट गुमाउँदै एक सय ३७ रन जोड्न सकेको थियो ।
अविवाहितको तर्फबाट रसिल थापाले ३७, जय चौधरीले ३१, लक्ष्मीनारायण चौधरीले ३३ रन जोड्नुभयो । मैत्रीपूर्ण खेल पश्चात नेपाल औषधि बिक्री तथा प्रतिनिधि संघले मोटरसाइकल र्‍याली समेत निकालेको थियो ।
क्रिकेट मैदानबाट निकालिएको र्‍याली दीपशिखा रोड भएर तुलसीपुर चोक, दामोदर चोक, बैंकरोड हुँदै हस्पिटल रोड पुगेर कटहर बोट आएर समापन भएको संघका सचिव मनहरी थापाले जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस