घोराही, २४ जेठ । घोराही उपमहानगरपालिकाको आयोजनामा भोलिदेखि प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता २०७५ हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको प्रतियोगिता मूल समितिले जनाएको छ । घोराही उपमहानगरपालिकाभित्र रहेका १९ वटै वडाबाट एकएक टिम प्रतियोगितामा सहभागी हुनेछन् ।
भोलिदेखि सुरु हुने प्रतियोगिता असार ११ गतेसम्म चल्नेछ । लिगकम नक आउटबाट खेलाइने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद सहितकप र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुनेलाई ५० हजार नगदसहित कप र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनपूर्व भोलि विहान साढे सात बजेदेखि प्रभातफेरि गर्ने कार्यक्रम रहेको छ ।
वडानम्बर १४ र १५ मा रहेका टोल विकास संस्थाहरुसहितको प्रभातफेरि गरिने प्रभातफेरि उपसमितिका संयोजक दिलिप डिसीले जानकारी दिनुभयो । उपमहानगरको कार्यालयबाट सुरु हुने प्रभातफेरि भानुचोक, न्यूरोड, दामोदर चोक, बैंकरोड, रझेनाचोक, नीमाहल रोड, क्यापस रोड हुँदै भरतपुर खेल मैदानमा पुग्नेछ ।
प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक खोपीराम चौधरीले जानकारी दिनुभएको छ । प्रतियोगिता सञ्चालनका लागि दाङ जिल्ला फुटबल संघले समन्वय र प्राविधिक सहयोग गर्नेछ । खेल क्षेत्रको विकास र खेलाडीहरुको उत्साहका लागि उपमहानगरले प्रतियोगिताको अभ्यास थालेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस