घोराही, २६ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकुदको विकासका लागि उपमहानगरले लगानी बढाउने बताउनुभएको छ । दाङमा क्रियाशिल पत्रकारहरुका लागि एक दिने क्रिकेट खेल समाचार लेखन तालिमको उद्घाटन गर्दै प्रमुख चौधरीले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
जिल्लामा खेलकुदको विकासका लागि सबै स्थानीय तहले प्रयास गरिरहेको भन्दै घोराहीमा फुटबल र क्रिकेटका ठुला प्रतियोगिता भइरहेको जानकारी दिनुभयो । क्रिकेट र फुटबलको मैदान निर्माण भइरहेको भन्दै खेलसँग सम्बन्धित संघसस्थाहरुले आफ्नो भूमिका बढाउनुपर्ने बताउनुभएको हो ।
खेलको माध्यमबाट स्वस्थ अनुशासित व्यक्ति बनाउन सकिने भन्दै उहाँले खेल क्षेत्रको पूर्वाधार र खेलाडीको प्रोत्साहनमा कुनै कन्जुस्याँई नगर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर नेपाल दाङको सयुक्त आयोजना र दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुदको विकासका लागि सबैको सरोकार र चासोको विषय बन्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएका हो ।
त्यस अवसरमा सामाजिक विभागका सदस्य विकीरण गौतम, प्रचार विभाग प्रमुख शरद अधिकारी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, दाङ क्रिकेट संघका सल्लाहकार किशोरचन्द्र गौतम, प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतमले मन्तव्य राख्नुभएको थियो ।
प्रेस सेन्टर नेपाल दाङका कार्यवहाक अध्यक्ष प्रकाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सचिव प्रेमबहादुर राम्जाले गर्नुभएको थियो । २८ जना पत्रकार सहभागी रहेको तालिमको प्रशिक्षकमा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँ, सल्लाहकार किशोरचन्द्र गौतम र खेल शिक्षक देवेन्द्रसिंह ठकुरी रहनुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस