घोराही, १२ मंसिर । त्रिभुवननगर जेसीजको आयोजनामा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । यही मंसिर १५ गते हुने प्रतियोगिताको आज  पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिता १५ गते शनिवार विहान ८ बजे हुने जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिनुभयो । म्याराथन प्रतियोगिता २१ किलोमिटरको रहने छ । बालबालिकाको लागि भने ५ किलोमिटरको दूरी तय गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने पुरुष र महिलाको लागि २५ हजार नगद, प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । द्वितीय हुने पुरुष तथा महिलालाई १० हजार नगद, प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने छ । त्यस्तै तृतीय हुने पुरुष तथा महिलालाई नगद ५ हजार, प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने छ ।

यसैगरी बाल म्याराथनमा भने प्रथम हुने बालक/बालिकालाई नगद ५ हजार, प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने छ । द्वितीय हुनेलाई नगद २ हजार, प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने छ । तृतीय हुनेलाई नगद एक हजार प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने छ । यसैगरी ४० वर्ष उमेरभन्दा माथिका व्यक्तिहरुलाई सम्मान पुरस्कार ५ हजार प्रदान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।प्रतियोगिताको २१ किलोमिटर खुला प्रतियोगिताको लागि दर्ता शुल्क तीन सय ५० र बालबालिकातर्फको ५ किलोमिटर म्याराथनको लागि  दुई सय ५० दर्ता शुल्क तोकिएको छ । बाहिरी जिल्लाबाट प्रतियोगितामा सहभागी हुनेलाई एक दिनको खाना र बस्नको व्यवस्था र सम्पूर्ण सहभागीहरुका लागि डाक्टरसहितको प्राथमिक उपचारको व्यवस्था गरिएको जेसीजले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्णलाई जेसीजले आग्रह समेत गरेको छ । प्रतियोगिताका लागि जनविश्वास बहुउद्देश्यीय सहकारी स‌ंस्था लिमिटेड काठमाडौँ, गणेश ट्रेड कन्सर्न सामाखुसी, NIHE घोराही, सिद्धार्थ बै‌ंक, दाङ जिल्ला उद्योग बाणिज्य संघ, जुबी कलेक्सन, श्री श्री श्री इन्टरनेसनल, गण्डकी विकास बैंक, घोराही उपमहानगरपालिका वडा न‌ं. १० र १५ ले अार्थिक सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । अध्यक्ष भण्डारीले कार्यक्रमलाई सफल बनाउन सहयोगका लागि सबैमा आग्रह गर्नुभएको छ । जेसीजले विगत ३ वर्षदेखि यस्तो प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

पत्रकार सम्मेलन अध्यक्ष भण्डारीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । संयोजक टंक रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस