घोराही, १८ मंसिर । पतञ्जली योग समिति दाङको आयोजनामा १५ दिने योग प्रशिक्षक तालिम तुलसीपुर–८ कृष्ण मन्दिरमा शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले योगका माध्यमबाट अनुशासित, नैतिकवान्, निरोगी समाज निर्माण गर्न सकिने बताएका छन् ।

पतञ्जली योग समिति दाङका अध्यक्ष उदयबहादुर डाँगीको अध्यक्षतामा तालिम उद्घाटन गरिएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका आठका अध्यक्ष बेदबहादुर केसी, पतञ्जली योग समिति प्रदेश संयोजक प्रेम शाहको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रमका वडा अध्यक्ष बेदबहादुर केसीले योग साधनाको माध्यमबाट समाज परिवर्तन गर्न सकिने भएकाले यसको बिस्तारका लागि स्थानीय सरकार सहयोगी हुनसक्ने बताउनुभयो ।

शाहले योग साधना जीवनको महत्वपूर्ण पक्ष भइसकेकाले यसलाई दुरदराजसम्म पुर्‍याउन आवस्यक रहेकोमा जोड दिनुभयो । एक सय १० घण्टे तालिमको मुख्य प्रशिक्षकमा पतञ्जली योग समिति प्रदेश पाँचका प्रमुख प्रशिक्षक दीपक बस्याल रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस