दाङ, २८ मंसिर । जिल्ला खेलकुद विकास समिति दाङले दाङका प्रमुख जिल्ला अधिकारी र अनुसन्धान विभाग दाङका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।

भर्खरै मात्र सरुवा भई प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यभार समाल्नु भएका गोविन्दप्रसाद रिजाल र अनुसन्धान विभाग दाङका प्रमुख टेकप्रसाद तिमिल्सेनालाई स्वागत तथा सम्मान गरेको हो । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले दाङमा हुने बृहत्त आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता २०७५ मा शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न आफू लागिपर्ने बताउनु भएको छ  ।

समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धान विभाग दाङका प्रमुख टेकप्रसाद तिमिल्सेना, समितिका सदस्य कुमारी सावित्रा गुरुङलगायतले बोल्नुभएको थियो । जिल्ला खेलकूद विकास समिति कोषाध्यक्ष कैलाश रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला खेलकूद विकास समिति प्रशिक्षण विभाग प्रमुख पद्मा चौधरीले गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र अनुसन्धान विभाग दाङका प्रमुख टेकप्रसाद तिमिल्सेनाले जिल्ला खेलकूद विकास समितिको मातहतमा बेलझुण्डीमा निर्माणाधीन रंगशाालाको अनुगमन निरीक्षण गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस