घोराही, ४ चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा सञ्चालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय बढीले उपचार सेवा लिएका छन् । वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङ शाखाको प्राबिधिक सहयोगमा आईतबार र सोमबार भएको दुई दिने निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय ४१ जना बिरामीको स्वास्थ्य जाँच तथा परामर्श दिइएको हो ।

शिबिरमा ४ सय १२ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको, ५ जनाको पाठेघर खसेको पाईएकाले रिङ राखिएको, ४ जनाले परिवार नियोजन सेवा लिएको १ सय २९ जनाले सामान्य स्वास्थ्य जाँच र परामर्श लिएको शहरी स्वास्थ्य केन्द्र करौती डाँडाका ईन्चार्ज तोला वलीले जानकारी दिनुभएको छ । शिबिरमा उपचारका लागि स्वास्थ्य प्रर्बद्धन केन्द्र रामपुरका डा. दिलिप धिताल, परिवार नियोजन संघका सरीता तामाङ, चिनी श्रेष्ठ, सृजना ज्ञवाली, बेली जिसी, तोला वली र तुलसी डाँगी सहितका स्वास्थ्यकर्मीहरु रहनुभएको थियो ।

वडाका कार्यबहाक अध्यक्ष जगत श्रेष्ठको अध्यक्षता एवं नगरका प्रबक्ता भरतमणि आर्यालको प्रमुख आतिथ्यतामा शिबिरको समापन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस