घोराही, २७ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कानुनले सबैलाई समान अधिकार दिएको भन्दै अब जातिय बिभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले खैरामा आयोजना गरेको दलित महिलाहरुको शसक्तिकरण तालिममा बोल्दै नगर प्रमुख चौधरीले कानुनलाई व्यवहारमा लागु गर्दै समानता कायम गर्नुपर्ने बताउनुभयो ।

कानुनले कसैलाई पनि जात, बर्ग र समुदायका हिसाबले बिभेद नगरेको भन्दै परम्परागत सामाजिक चिन्तनलाई चिर्न आबस्यक रहेकोमा जोड दिनुभयो । कानुनले बिभेदको अन्त्य गरे पनि सामाजिक, आर्थिक, सामाजिकरुपमा दलितहरु माथी रहेको बिभेद अन्त्य गर्नु सबै नागरिकको जिम्मेवारी भएको बताउनुभयो । दलितहरु पनि अब शिक्षा, सीप र क्षमतामा अग्रसर बन्नु पर्ने र स्थानिय सरकारले त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले संविधानले स्थानिय सरकारको वडा तहमा दलित महिलाहरुको संख्या सुरक्षित गरेको भन्दै विभेद अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

आफुलाई कमजोर ठान्न नहुने तर्फ सचेत गराउदै उपप्रमुख न्यौपानेले स्थानिय सरकार दलितहरुको अधिकार र पहुँच स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नगरका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी बिश्वकर्मा र वडा सचिब लक्ष्मी बहकरीले प्रशिक्षण दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस