घोराही, २३ फागुन । दाङको घोराहीमा बिहेको भोज खाँदा एकजनाको मृत्यु भएको छ । बिहीवार बिहेको भोजमा खाना खाने क्रममा घाँटीमा हड्डी अट्किएर घोराही–१७ पनौरा निवासी ५३ वर्षीय टीका भट्टराईको मृत्यु भएको हो ।
बिहे भोजमा खाना खाने क्रममा घॉटीमा हड्डी अड्किएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । भट्टराईको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)