घोराही, चैत्र ४ । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा अध्यापनरत शिक्षिका बिमला केसीले आफ्नो ३३ औं जन्मदिनको अवसरमा विद्यालयलाई पानस बत्ती र पुस्तक उपहार स्वरुप प्रदान गर्नुभएको छ ।
जन्मदिनलाई सिर्जनात्मकरुपले मनाउन र विद्यालयमा पुस्तकालय निर्माणको अभियानलाई आफ्नो तर्फबाट सहयोग पुर्‍याउनका लागि आफूले पुस्तक प्रदान गरेको शिक्षिका केसीले बताउनुभयो । विद्यालयकी कार्यक्रम संयोजकसमेत रहनु भएकी शिक्षिका केसीले विभिन्न शुभ कार्य वा कार्यक्रमहरु उद्घाटनका अवसरमा पानस बत्तीको महत्व रहेको हुँदा आफूले विद्यालयलाई उपहारस्वरुप जन्मदिनमा पानस बत्ती प्रदान गरेको बताउनुभयो ।
बि.सं. २०४२ चैत्र ४ गते जन्मिनुभएकी शिक्षिका केसीले आफ्नो ३३ औं जन्मदिनको अवसरमा विद्यालयका सहायक प्रिन्सिपल महेश बस्नेतलाई विभिन्न विधाका ५ ओटा पुस्तकहरु र एउटा पानस बत्ती प्रदान गर्नुभएको थियो । सो अवसरमा विद्यालयका सहायक प्रिन्सिपल महेश बस्नेतले शिक्षिका केसीलाई विद्यालयको तर्फबाट जन्मदिनको शुभकामना दिदैं उहाँको अनुकरणीय कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस