गढवा, ४ चैत । गढवा गाउँपालिकाको आयोजनामा सोमवारदेखि वडा नं. ५ को भवानी सामुदायिक वनको सभाहलमा समुह तथा महिला सदस्यहरुका लागि तीनदिने अनुशिक्षण शुरु गरेको छ ।

कार्यक्रममा महिलाहरुलाई समुह बचत, ऋण लगानी तथा आयआर्जनका लागि आत्मनिर्भर बन्न सक्ने उपायहरुका बारेमा अनुशिक्षण गर्ने बताइएको छ । माया बिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले गर्नुभएको थियो । कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको छ ।

तालिमको प्रशिक्षक गढवा गाउँपालिका महिला तथा वालवालिका शाखाका संयोजक जिवन कुमारी जिसी हुनुहुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस