दाङ, ५ चैत । घोराही उपमहानगरपालिका १२ को अटल युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ । क्लबले १० औ वार्षिकोत्सवको अवरमा मंगलवार रक्तदान कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष टीकाराम खड्काको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा समन्वय समिति प्रमुख नेपालीले क्लबले सामाजिक कार्य गरेको भनेर प्रशंसा गरे । समाज परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै त्यो कार्यमा लाग्न सुझाव समेत दिए । क्लबका सल्लाहकार श्रीधरराज राजभण्डारीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा घोराही उपमहनगरपालिका वडा न १२ का अध्यक्ष राजेन्द्र बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकको सहजीकरण क्लबका सचिव शक्तिराम वलीले गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस